Print

कांग्रेस पर्वतमा आन्तरीक किचलो, एमाले चुनावी अभियानमा जुट्यो

१८ चैत्र, पर्वत । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा पर्वतका राजनैतिक दलहरु चुनावी अभियानमा जुट्न थालेका छन । खासगरी ठुला राजनैतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले आन्तरीक समस्याहरु समाधान गर्दैै चुनावी अभियानमा जुटन थालेको हुन ।

जिल्ला अधिवेशन भएको १४ महिना पछि पदाधिकारी मनोनित गरेको नेपाली कांग्रेसमा आन्तरीक किचलो शुरु भएको छ । उता, एमालेले भने गाउँपालिका र नगरपालिकाका इन्चार्जहरु तोकेपछि उनीहरु चुनावी अभियानमा जुटेका छन । माओवादी केन्द्र र अन्य साना दलहरु भने चुनावमा कस्तो रणनीति बनाउने भन्ने विषयमा आन्तरीक छलफलमा देखिन्छन ।

उपसभापति र सचिव पदको मनोनयनसंगै नेपाली कांग्रेस पर्वतमा आन्तरीक धुव्रीकरण थप बढेको हो । पार्टी सभापति खिमप्रसाद भुषालको सभापतित्वमा मंगलवार बसेको जिल्ला कार्य समितिको बैठकले विवादका वीच उपसभापतिमा दुर्गावहादुर खत्री र सचिवमा युक्तप्रसाद श्रेष्ठलाई मनोनित गरेपछि पार्टी भित्र थप धुव्रीकरण बढेको हो ।

मनोनित खत्री र श्रेष्ठलाई सांसद समेत रहेका अर्जुन जोशीको पहलमा एकलौटि ढङगले मनोनित गरको भन्दै नवराज गुरुङ्ग निकट कार्यसमितिले भने चर्को विरोध गर्दै आएका छन । उनीहरुले मनोनयनको प्रस्ताबले निर्वाचनमा प्रभाव पर्ने भन्दै स्थानिय तहको निर्वाचन पछि मात्रै मनोनयन गर्न आग्रह गरेको जानकारी दिएका छन । आफ्नो सुझाब बिपरित बैठक स्थगित भएको समयमा सिमित ब्यक्तिहरु बसेर निर्णय गरेको आरोप असन्तुष्ट पक्षको छ । असन्तुष्ट पक्षले लेखबहादुर गुरुङ्गलाई उपसभापति पदमा मनोनयन गर्ने योजना बनाएको थियो ।

सचिव विश्वप्रकास प्रसाईले आफूहरुले मनोनित गरेको भन्ने विषय मिडियाबाट मात्र सुनेको बताउँछन । सहमतिका साथ अर्को पटक मनोनित गर्ने गरी वैठक स्थगीत भएपनि चिया पसलमा बसेर मनोनितको निर्णय लेखिएको उनको आरोप छ । योसंगै कांग्रेस भित्रको किचलो बाहिर आएको हो । पार्टीलाई एकपक्षिय ढङगले पार्टी सभापतिले चलाउने खोजेको भन्दै गाउँस्तरमा समेत बहस र चर्चा शुरु भएको । पार्टी भित्रको आन्तरीक किचलोका बाबाजुद पनि कांग्र्रेस पनि चुनावी अभियानमा भने होमिएको छ । आन्तरीक छलफल, गाउँस्तरमा पार्टीका अगुवा कार्यकर्ता भेला र उमेदवारी हत्याउन दौडधुप शुरु भएको छ ।

उता, नेकपा एमालेले भने गाउँपालिका र नगरपालिका इन्चार्ज तोकेसंगै संगठनको भेला, बैठक र आन्तरीक तयारीको अभियान शुरुवात गरेको छ । यसै वीच पर्वतको फलेवास नगरपालिकामा नेकपा एमाले नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । आगामी बैशाखमा हुन लागेको स्थानीए तहको चुनाव लाई लक्षीत गरी एमाले नगर कमिटिले फलेवास खानीगाउँमा भेला गरेको हो । भेलामा पार्टीको भावी कार्ययोजनाका बारेमा बृहत छलफल भएको नेकपा एमाले फलेवास नगर कमिटिका संयोजक मञ्जु अधिकारीले जानकारी दिइन । भेलामा फलेवास नगरपालिकाका ११ ओटै वडाका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै एमाले नेता तथा सांसद विकास लम्सालले नेकपा एमाले जनताको लोकप्रिय पाटी बन्दै गएकोले आगामी निर्वाचनमा पहिलो पाटी बन्ने दावी गरे ।

कार्यक्रममा एमाले पर्वतका सचिव पदमपाणी शर्माले संगठन सुढिढिकरण अभियानलाई ब्यवस्थित बनाउन कार्यकर्तालाई निर्देशन दिदै पार्टी सदस्यताका लागि आधारभूत संगठन पद्धतिमा सामेल हुनुपर्ने बताए । शर्माले पार्टीको संगठनलाई गतिशिल बनाउन एमाले जिल्ला नेतृत्व सधै संवेदनशिल रहेको भन्दै सोहि बमोजीम कार्य गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

एमालेले बाँकी रहेका गाउँपालिका र नगरपालिकाहरुको वैठक राखेर चुनावी अभियानलाई अगाडि बढाउने एमाले अध्यक्ष पदम गिरीले जानकारी दिए । पार्टी एक ढिक्का भएर अगाडि बढेका कारण आगामी निर्वाचनमा एमाले अग्रस्थानमा विजयी हुने बताउँदै अध्यक्ष गिरीले गाउँस्तरसम्म एमाले चुनाव अघि नै पुग्ने गरी अगाडि बढेको जानकारी समेत दिए ।

माओवादी केन्द्र पनि संगठनलाई सुदृढ गर्दै आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने गरी अगाडि बढेको छ । परिर्वतीत संरचना अनुसारका कमिटि गठन र उमेदवार चयन प्रक्रिया माओवादी केन्द्रले शुरु गरेको छ । गाउँपालिका र नगरपालिकाका इच्चार्ज र संयोजक समेत चयन गरीसकेको माओवादी केन्द्र पनि वस्ती स्तरको कार्यक्रमहरुमा केन्द्रित देखिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस