Print

भर्नादर बढाउन मावि स्तरसम्मका विद्यार्थीलाई निशुल्क खाजा

१७ चैत्र, पर्वत । पर्वतको दक्षिणी भेग बिहादी गाउँपालिका वडा नं.६ शालिग्राम स्थित शालिग्राम मा.बि.सेतीबेणीले बिधार्थीहरु लाई निशुल्क खाजाँ ख्वाउने गरेको छ । बिधार्थीहरुको शैक्षिक सिकाई उपल्बधि बृद्धि गर्ने उद्देश्यले बालकक्षा देखि कक्षा ८ सम्म पठनपाठन गर्ने बिधार्थीहरु लाई निशुल्क खाजाँको व्यवस्था गरिएको हो ।

अति बिपन्न,गरिब तथा टाढा बाट आउने बिशेष गरी स—साना बालबालीकाहरु लाई लक्षीत गरी बिधार्थी भोकाईमा सिकाई नहुने हुदाँ बिधार्थीहरुको सिकाई बृद्धि गर्न बिधालयमै निशुल्क खाजाँको व्यवस्था गरिएको बिधालयका प्र.अ.जोख बा.सोनीले जानकारी दिनुभयो ।

टाढाका बिधार्थीहरु बिहन ८ बजे खाना खाएर बिधालय आउने र बेलुका पढेर घर फर्किदा ५ बज्ने हुदाँ लामो समयको अन्तरालमा बालबालिकामा भोक पैदा भैई पठनपाठनमा असर प¥याउने हुदाँ बिधालयमै निशुल्क खाजाँको प्रबन्ध गरिएको सोनीले बताउनुभयो ।

बिधालयमै निशुल्क खाजाँको व्यवस्था गरिए पछी शैक्षिक सिकाई उपल्बधी बृद्धि हुनुका साथै टिफिनको समयमा बिधार्थीहरु बाहीर जाने र समयमै अध्ययन गर्न कक्षा कोठामा नआउने समस्याको न्यूनिकरण गर्न समेत टेवा पु¥याएको उहाँको भनाई छ । यस प्रकारको व्यवस्थाले बिधार्थीहरुको पठनपाठन अवस्था सुधारोन्मुख रहेको पाईएको छ ।

उक्त बिधालएले २ बर्ष अघि देखिनै निरन्तर रुपमा बिधालयको आन्तरीक स्रोत बाट बिधार्थीहरु लाई निशुल्क खाजाँ ख्वाउदै आएको छ । बालकक्षा देखि कक्षा ८ सम्म अध्ययन गर्ने करिब २ सय ५० जना बिधार्थीहरुलाई निशुल्क खाजाँको प्रबन्ध मिलाइएको बिधालयले जनाएको छ ।

बिधालयका अनुसार खाजा तथा नास्तामा मासिक रु ७० हजार खर्च हुने गरेको छ । अहिँले सम्म पर्वतका कुनै पनि बिधालयमा बिधार्थीहरु लाई यस्तो कुनै व्यवस्था मिलाइएको छैन ।

२०२८ सालमा स्थापना भएको उक्त बिधालमा पर्वत,स्याङजा र गुल्मीका बिधार्थीहरुले पठनपाठन गर्दै आएका छन् । उक्त बिधालयले आफ्नो आन्तरीक स्रोत जुटाई हरेक बर्ष कक्षा ११ र १२ का बिधार्थीहरु लाई नि शुल्क पाठ्यपुस्तकका साथै बिधालयमा अध्ययनरत सम्पुर्ण बिधार्थीहरु लाई छात्रबृति समेत प्रदान गर्दै आएको छ । – माधव पराजुली

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस