१३ चैत्र, पर्वत । चर्चित लोक गायिका शान्ति श्री परियारलाई यसबर्षको राष्ट्रिय नवप्रतिभा लोक गायन पुरस्कारवाट सम्मान गरिएको छ । नुर–गंगा प्रतिभा पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रमको आयोजना गरि परियारलाई सम्मान गरेको हो ।
सांगितिक क्षेत्रका लागि हाल अष्टेलिया रहेकी परियारलाई लोक गायन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा २५ हजार सहित ताम्रपत्रले सम्मान गरिएको छ ।
देशकै दुर्गम मानिने रोल्पा जिल्लामा जन्मीएर नेपाली लोक सँस्कृति संरक्षण सँगै गायन क्षेत्रमा पु¥याएको योगदानको कदर र मुल्यांकन गदै नुर–गंगा प्रतिभा पुरस्कार गुठीले उनलाई सम्मान लागि छनोट गरेको हो ।
एक कार्यक्रमका बिच प्रमुख अतिथी तथा पूर्व प्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रवहादुर चन्द र संस्थाका संरक्षक अमिर प्रताप बवराले उनलाई नगद सहित ताम्रपत्रले सम्मान गरेका हुन् । गायिका परियार साँस्कृतिक कार्यक्रमका लागि देश वाहिर भएकाले आफन्तले उनको पुरस्कार ग्रहण गरेका थिए ।
नेपाली लोक गायन क्षेत्रमा लामो समय देखी निरन्तर रुपमा लागेको तथा सम्भावना बोकेकी गायिका भएका कारण उनलाई सम्मान गरिएको नुर–गंगा प्रतिभा पुरस्कार गुठीले बताएको छ । गुठीले परियार सँगैँ गायक नवीन पौडेललाई लुम्बिनी अञ्चलस्तरीय स्थापित लोकगायन पुरस्कार, सहित्यकार तेजप्रकाश श्रेष्ठलाई स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार, साहित्यकार आरबी निश्चललाई लुम्बिनी अञ्चलस्तरीय नवप्रतिभा साहित्य पुरस्कार पुरस्कारवाट सम्मान गरेको हो ।सम्मानित नवीन पौडेललाई ३० हजार ,आरबी निश्चललाई २० हजार तथा तेजप्रकाश श्रेष्ठलाई एक लाख राशि तथा प्रमाणपत्र प्रदान गरेको छ ।
पुरस्कारवाट सम्मानित भएसँगै शान्तीले आफुलाई भाग्यमानि भएकोे प्रत्रिक्रिया दिईन । उनले आगमी दिनमा लोक सांगितिक क्षेत्रको विकास र प्रवद्र्धनमा काम गर्ने बताईन् । आफ्नो कलाकारिता क्षेत्रलाई यसले उल्लेखनिय रुपमा सहयोग पु¥याएको उनको भनाई छ । विगत एक दशक देखी नेपाली लोक सांगितिक क्षेत्रमा लागेकी परियार पछिल्लो समयकी चर्चित गायिका हुन् ।
उनले एक तर्फी माया, माछीलाई फुर्लुङ्ग,सातो फुका झाँकी बा, बुहारी सुत्केरी भईछ, हाम्रो मायामा राजनितिक भो जस्ता चर्चित लोक दोहोरी गित बजारमा लिईसकेकी छन् भने अन्य धेरै गितमा स्वर भरिएकी छन् । पछिल्लो समयमा उनले गाएको गित ‘सालघारीमा सिसौ’ अत्याधिक चर्चामा छ । – साजन परियार





प्रतिकृया दिनुहोस्