११ चैत्र, पर्वत । जलजला गाउँपालिकाको केन्द्र परिर्वतनका विषयमा जिल्ला स्तरीय राजनैतिक दलहरु वीचमा भएको सहमतीको विरुद्धमा जलजला गाउँपालिकाका स्थानीयले शुक्रबार सदरमुकाम कुश्मा बजारमा प्रदर्शन गरेका छन ।
गाउँपालिकाको केन्द्र माझफाँटमा राख्ने सरकारले निर्णय गरेपनि केन्द्र अपायक भएको भन्दै मोहन चोकमा अस्थायी केन्द्र राख्ने राजनैतिक सहमती जिल्ला स्तरमा भएपछि उनीहरु आन्दोलीत बनेका हुन ।
तोकिएको स्थानबाट गाउँपालिकाको कार्यालय सञ्चालन गर्न माग गर्दै उनीहरुले शुक्रबार नारा र जुलुस सहित सदरमुकाम स्थित मुख्य दलहरुको पार्टी कार्यालय अगाडि नारा जुलुस गरे भने जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना समेत दिए ।
तोकिएको केन्द्रमा कर्मचारी पठाएर कार्य सञ्चालन गरेको भन्दै उनीहरुले कर्मचारी प्रशासन विरुद्ध आक्रोस समेत पोखे ।
सरकारकाले तोकेको केन्द्र परिर्वतनको सम्बन्धमा दलहरुले सहमती जनाएको भन्दै उनीहरुले दलहरु विरुद्ध समेत नाराबाजी गरेका थिए । सयौको संख्यामा सदरमुकाम आएको उनीहरुले तत्काल जलजला गाउँपालिकाको समस्या समाधान गर्न समेत माग गरे ।






प्रतिकृया दिनुहोस्