५ चैत्र, पर्वत । फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्था पर्वतको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार कुश्मामा सम्पन्न भएको छ ।
अधिवेशनले शिवप्रसाद शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्ष प्रतिज्ञा कुमारी शर्मा, सचिव रमेशप्रसाद सुवेदी, कोषाध्यक्षमा कुशुम शर्मा, सहसचिवमा प्रमिला प्रधान जोशी र सदस्यमा प्रेमवहादुर दर्जी र सुवास आचार्य चयन भएका छन् ।
यस अघि भएको अधिवेशनको उद्घाटन कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय इन्चर्ज देवीप्रसाद तिमिल्सिनाले समाज रुपान्तरणका लागि गैरसरकारी संस्थाहरुका भूमिका महत्पूर्ण रहेको बताए । तिमिल्सिनाले अबका दिनमा गैरसरकारी संस्थाहरु आन्तरिक सुशासन व्यवस्थापनमा ध्यान दिँदै युवा स्वारोजगार प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलले संस्थागत रुपमा विकास भएका संस्थाहरुले परियोजनागत प्रगती हाँसिल गर्ने धारणा व्यक्त गरे ।
संस्थाका अध्यक्ष सुवास आचार्यको अध्यक्षता तथा उपाध्यक्ष रमेशप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको कार्यक्रममा आरम्भ नेपाल पर्वतका अध्यक्ष यज्ञप्रसाद शर्मा, फ्रन्टलाइन नेपालका सल्लाहकार घनश्याम पौडेल, संस्थापक अध्यक्ष शिवप्रसाद शर्मा, सदस्य जमुना सुवेदी वास्तोला लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा संस्थाका सल्लाहकार घनश्याम पौडेलले संस्थाका साधारण तथा आजीवन सदस्यहरुमा संस्थागत स्वयंसेवी तथा गैसस आचारसंहिता वारे अभिमुखिकरण गरेका थिए ।





प्रतिकृया दिनुहोस्