५ चैत्र, पर्वत । रोट्रयाक्ट क्लब अफ पर्बतले शनिबार युबाहरुको लागि ब्यक्तित्व तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरेको छ ।
मार्च १३ लाई हरेक वर्ष रोट्रयाक्ट दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउने क्रममा रोट्रयाक्ट क्लव अफ पर्वतले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको छैटौ दिन ब्यक्तित्व तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरिएको हो ।
युबाहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनको लागि र युबाहरुलाई क्षमताबान बनाउन टेबा पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको क्लवका अध्यक्ष आरसी पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै ब्यतिmत्ब तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिमका मुख्य प्रशिक्षक तथा उद्घाटन शत्रको कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लब अफ पर्बतका अध्यक्ष गणेश पौडेलले क्लवले सामाजिक क्षेत्रमा गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै युबाहरुलाई सक्षम र सबल बनाउन तालिमको आयोजना गरिनु फलदायी रहेको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लबका पुर्ब अध्यक्ष गणेश बाहदुर क्षेत्री, रोट्रयाक्ट क्लब अफ पर्बतका पूर्व अध्यक्ष बिनोद शर्र्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक प्रकाश पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव गणेश पौडेलले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्