Print

कुश्मामा चलचित्र लम्फुको सुटिङ तयारी

४ चैत्र, पर्वत । कुश्मामा सुटिङ हुन लागेको नेपाली कथानक चलचित्र लम्फूको निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्रले समग्र जिल्ला समेत देशभर चिनाउने बताएका छन ।

शुक्रबार सदरमुकाम कुश्मा बजारमा चलचित्रका बारेमा पत्रकारहरुसंग कुरा गर्दै लामिछानेले ठूलो ब्यानरको चलचित्र लम्फूमा कैद हुने दृश्यहरुका बारेमा कुरा गर्दै लामिछानेले निकै महेनतका साथ चलचित्र कुश्मामा छाँयाकन हुन लागेको बताए ।

चलचित्रका आधा भन्दा बढि दृश्यहरु कुश्मामा छायाँकन गर्ने अन्तिम तयारीमा रहेका निर्देशक लामिछाने चलचित्र मार्फत कुश्माको पर्यटकीय क्षेत्रहरुको समेत प्रचार प्रसार हुने विश्वास ब्यक्त गरे ।

चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका लामिछानेले आगामी चैत्र तेस्रो साता देखि चलचित्रको छायाँकन कुश्मामा गर्ने गरी तयारी भईरहेको बताउँदै चलचित्रमा कुश्मा महत्वपूर्ण पर्यटकीय स्थलहरु कथा बमोजीम नै चलचित्रमा कैद हुने समेत खुलासा गरे । सफल चलचित्रहरुको निर्देशन गरेका निर्देशक लामिछानेले सामाजिक कथा बस्तुमा आधारीत भएर निर्माण गर्न लागिएको उक्त चलचित्रको कथावस्तुमा दर्शकको मन तानिने अपेक्षा समेत ब्यक्त गरे ।

चलचित्रको छायाँकनको औपचारिक सार्वजनिकरण राजधानीमा गरेर चलचित्र सुटिङमा जुटेको लम्फूको ४० जनाको टोलीले कुश्मामा २० दिनसम्म चलचित्रका विभिन्न भागको छायाँकन गर्नेछ । चलचित्रलाई शक्ति बल्लभ घोरासैनीले पपुलर मल्टिमिडियाको ब्यानरमा गर्न लागिएको छ ।

लम्फु’ को शीर्ष भूमिकामा अभिनय गर्न लागेका कविर खडका यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् । चलचित्रमा सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ लगायतको मुख्य भूमिका रहनेछ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस