४ चैत्र, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजार स्थित खरेहामा जीपको ठक्करबाट एक स्कूले विद्यार्थी घाइते भएका छन ।
विद्यालयबाट घर फर्कने क्रममा ना ४ च ८०३ नम्बरको जीपले ठक्कर दिँदा कुश्माको खरेहाका ६ बर्षका रोजन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सदरमुकाम कुश्मा बजारबाट फलेवास नगरपलिको ठानामौला तर्फ जाँदै गरेको जीपले ठक्कर दिँदा उनी घाइते भएका हुन । बालकलाई ठक्कर दिने जीपलाई भने प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरीएको जिल्ला ट्राफीक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।
जीपको ठक्करबाट घाइते भएका बालकलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा लगिएको छ । बालकाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्