Print

विहे भोजको पैसाले शिवालय बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना

३ चैत्र, पर्वत । विवाहमा गरिने फजुल खर्चको पैसाले कुश्माका एक गिरी परिवारले क्याम्पसमा अक्षयकोष स्थापना गरेका छन । पर्वत सदरमुकाम कुश्मा बजारका मेघराज गिरीको परिवारले परिवारका कान्छा छोरा राजन गिरीको विहेमा खर्च हुने भोज भतेरको पैसाले क्याम्पसमा अक्षयकोषको स्थापना गरेका हुन ।

गिरी परिवारले कुश्माको शिवालय बहुमुखी क्याम्पसमा दिनानाथ–अम्बाबती स्मृति अक्षय कोषको विहिबार औपचारिक घोषणा गरे । पुर्वजहरुको स्मरण समेत रहोस भनेर विवाहको भोजमा गरिने खर्चको रकमले क्याम्पसका विपन्न तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त अक्षयकोषको स्थापना गरिएको उक्त परिवारका माइला छोरा नवराज गिरीले जानकारी दिए । परिवारले १ लाख रुपैंया बराबरको अक्षय कोषको स्थापना गरेका हुन ।

भोज भतेरमा गरिने खर्चले समाजमा कुनै अर्थ नराख्ने हुँदा सामाजिक सेवाको भावनाले गर्दा आफूहरुले उक्त कोषको स्थापना गरेको गिरीले बताए । विहिबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त अक्षय कोष सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले फजुल खर्चले समाजमा विकृति निम्ताउँदै गएको बताउदै सामाजिक सेवा प्रतिको भावनाले सवैलाई प्रेरणा मिलेको बताए । क्याम्पसका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न अक्षय कोष सार्वजनिकीकरण कार्यक्रमको सञ्चालन क्याम्पसका निमिक्त क्याम्पस प्रमुख कमलनाथ शर्माले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस