Print

विप्लब समूहको वन्दले पर्वत, बागलुङ र म्याग्दीको जनजीवन प्रभावित

२७ फागुन, पर्वत । नेकपा कम्युनिष्ट पार्टी (बिप्लब समूह)ले आज आब्हान गरेको बन्दको कारण पर्वत, बागलुङ र म्याग्दीको जनजीवन प्रभावित भएको छ ।

विहानै देखि फाटफुट बाहेकका सवारी साधन चलेका छैनन । धौलागिरी बस ब्यवसायी समितिको कार्यालयले दिएको जानकारी अनुसार बागलुङ, पर्वत र म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा छैनन । राजमार्गमा सामान्य मोटरसाइकल र केहि ट्रकहरु बाहेकका सवारी साधनहरु चल्न सकेका छैनन । सवारी साधन नचल्दा यात्रुहरु भने मर्कामा परेका छन ।

उता, कुश्मा बजारमा आयोजीत महिला महोत्सव पनि बन्दका कारण प्रभावित भएको छ । महोत्सव शुक्रबार झरीका कारण प्रभावित थियो भने, शनिवार बन्दका कारण दर्शकहरु विहानै देखि उल्लेख्य उपस्थित हुन सकिरहेका छैनन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस