२४ फागुन, पर्वत । रेडियो दिदीबहिनीद्धारा आयोजित नवौ पश्चिमाञ्चल स्तरीय बृहद महिला महोत्सव आजबाट शुरु भएको छ ।
महोत्सवको आज एक कार्यक्रमका वीच नेपाल राष्ट्रका उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गरे ।
फाल्गुण २४ देखी ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव गर्न रेडियो दिदी वहिनीका अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन ।
रेडियोले प्रत्येक बर्ष नारी दिवसको अवसर पारेर महोत्सवको आयोजना गर्दै आएको छ । आज भएको उदघाटन शत्रमा उपराष्ट्रपति लगाएत स्थानीय संघ संस्था र राजनैतिक दलका प्रमुखहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । रमाइलो मेला, बालउद्यान, विविध सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको उक्त महोसत्वमा १ वटा स्टलमा विभिन्न सामाग्रीहरु विक्री र प्रदर्शनीका लागि राखिएको छ ।
महोत्सवको उदघाटन शत्रमा जेष्ठ नागरिक, असाह्य वालबालिकाहरुलाई नगद सहित सम्मान गरिएको थियो । महिला दिदिवहिनीहरुको उत्साहजनक सहभागीतामा दिउँसो सदरमुकाम कुश्मा बजारको परिक्रममा गरी ¥याली कार्यक्रम स्थल बान्द्रेवीडि चौरमा पुगेको थियो ।
महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगीता समेत आयोजना गरिएको छ । साथै कार्यक्रममा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगीता समेतको आयोजना गरिएको आयोजकले जनाएको छ ।






प्रतिकृया दिनुहोस्