१९ फागुन, पर्वत । विगत केहि वर्षदेखि अस्पतालको विस्तारामा सुतिरहेका पर्वतको खानीगाउँ ८ अर्मानाका सन्तोषले फेसवुकमा निकै करुणात्मक स्टाटस लेखेका छन् ‘म वाँच्न चाहान्छु मलाई वचाउनुस’ उनले लेखेको कृषि विशेषज्ञ निलकण्ठ लम्सालले कमेण्ट गर्दै उनलाई सहयोग गर्न प्रधानमन्त्री,स्वास्थ्य मन्त्री र साँसदलाई आग्रह गरेका छन् । आर्थिक अभावमा अस्पतालमा उपचार गर्न पनि संभव नभएपछि सन्तोषले सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । २१ बर्षिय सन्तोष सापकोटाले उपचारका लागि आर्थिक अभाव भएका कारण उपचारमा अप्ठ्यारो परेको भन्दै सहयोग गरीदिन सबै सँग याचना गरेका हुन् ।
‘म अहिले पीडामा छ्ट्पटाई रहेको छु, उपचार गर्न म संग पैसा छैन तर पनि मलाई बाँच्न मन लागेको छ’, । खै ? कसरी बाच्ने ? जिबन र मुत्यु सँगै लडी रहेको छु मलाई बचाऊनुहोस् म बाँच्न चाहान्छु’, । सापकोटाले समाज र देशका लागि केही गर्ने इच्छा हुँदा हुँदै पनि युवा अवस्थामा रोग लागेर जिवन–मरणको दोसाँधमा रहेको भन्दै स्वच्छाले आर्थिक सहयोग गरी जिवन बचाईदिन आग्रह गरेको हुन् । अहिले उनी दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचिङ अस्पतालमा आई.सि.यु कक्षमा दिन बिताईरहेका छन् । उपचार गर्दा गदै पैसा सकिएपछि अव घर फिर्ता ल्याउन लागेको भाई प्रकाश सापकोटाले जानकारी दिए । मृगौला रोगका कारण घरमा भएको सबै सम्पती सकिएको उनको भनाई छ । जिवन रक्षाका लागि उनका भाई प्रकाशले अहिले सहयोगी मनहरुलाई अनुरोध गरेका छन् । सापकोटाको उपचारमा अहिले २०÷२२ लाख रुपैयाँ खर्च भईसकेको छ ।
लामो समयदेखी मृगौला पीडित बनेका सापकोटा र उनको परिवार अहिले सहयोगको खोजीमा भौतारिरहेका छन् । लामो समयसम्म छोराको उपचार गर्दा भएको सबै जग्गा जमिन र पैसा खर्च भएपछि अहिले उपचार गर्न समस्या भएको सन्तोषका बुवा युवाराज सापकोटाले बताए । उपचार गर्ने आर्थिक श्रोत नभएका कारण भगवान सँग प्राथना गरेर बसेको छु उनले भने –‘गरिव भएर जन्मीनु आफैमा एउटा अभिशाप भएको दुःखेसो समेत पोख्नुभयो, घरको जेठो छोराको यस्तो हालतले साह्रै चिन्तीत भएको उहाँको भनाई छ,’ । साथै छोराको जिवन रक्षा गरिदिन सम्पूर्ण मनहरुलाई पनि अनुरोध गर्नुभयो ।
आर्थिक अभावका कारण सन्तोषको स्वास्थ्या अवस्था विग्रिदै गएको छ । सहयोग गर्न चाहनेहरुले एभरेष्ट बैङकमा युवराज सापकोटाको नाममा रहेको खाता नम्वर ९०००५०१२०४१३७ मा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ । साथै मोवाईल नं ९८४७६४७८१६ र ९८६७७७०९०६ मा सम्पर्क गरिदिन पनि परिवारले आग्रह गरेको छ । – साजन परियार





प्रतिकृया दिनुहोस्