Print

एमालेको पार्टी संगठन निर्माण र परिचालन

समान बिचार र साझा उदेश्य तथा लक्ष भएको मानव समुदायको संगठित संस्था लाई संगठन भनिन्छ । साझा उदेश्य र लक्ष प्राप्ति का लागि एकीकृत प्रयाश र शक्तिको आबस्यकता पर्दछ , त्यसका लागि संगठन निर्माण गर्नु पर्दछ । संगठनहरुले आ आफ्नै किसिमका विधान , नियम , बिनियम र आचार बिधि बनाएका हुन्छन् , जसले संगठन निर्माण र संचालन मा सहजता र एकरुपता प्रदान गर्दछ । आ आफ्ना बिचार , उदेश्य, लक्ष र हित अनुकुल संगठन निर्माण गरिने हुदा संगठनहरु फरक फरक प्रकारका हुन्छन् । राजनैतिक उदेश्य प्राप्ति का लागि खोलिएका संगठनहरु लाई राजनितीक संगठन भनिन्छ । पेशा र ब्यवसायिक हित रक्षार्थ खोलिएको संगठन लाई पेशागत / ब्यवसायिक , कुनै समुदाय बिशेषको संरक्षण बिकास र हितका लागि खोलिएको संगठनलाई सामुदायिक , जाति बिशेष को हितका लगि खोलिने संगठनलाई जातिय , निश्चित क्षेत्र को बिकास संरक्षण र हितका लागि खोलिएको संगठनलाई क्षेत्रीय संगठन र धर्मको संरक्षण सम्बर्द्धन का लागि खोलिएका संगठन लाई धार्मिक संगठन भनिन्छ ।
राजनैतिक दल / पार्टी
समान उदेश्य र लक्ष भएका मानिसहरुले निश्चित राजनैतिक उदेश्य र राज्यसत्ता प्राप्तिका लागि गठन गरेको संस्था वा संगठनलाई पार्टी भनिन्छ । मानव समाज वर्गिय बिबिधताले युक्त छ । समाजको प्रतिबिम्ब दलहरुमा प्रकट हुने हुदा दलहरुमा वर्गिय पक्षधरता रहेको हुन्छ । वर्गियस्वार्थ रक्षा र हितका लागि राज्यसत्ताको प्रयोग गरिने हुदा राज्यसत्ता प्राप्ति राजनैतिक दलहरुको अभिष्ट ( लक्ष ) हुन्छ । श्रम गर्नेहरु र श्रमको सम्मान गर्नेहरु कम्युनिष्ट पार्टीमा आबद्द हुन्छन् भने श्रम र श्रमिकहरुको शोषण गर्नेहरु गैर कम्युनिष्ट पार्टीमा लाग्छन् । यस लेखमा सवै प्रकारका संगठनका बारेमा चर्चा नगरि राजनितिक संगठनको पनि कम्युनिस्ट पार्टीको बारेमा मात्र चर्चा गरिएको छ ।
कम्युनिस्ट पार्टी 
मार्क्सवाद लेनिनवाद लाई मार्गदर्शक सिद्दान्तको रुपमा अंगिकार गर्ने राजनैतिक दललाइ कम्युनिस्ट पार्टी  भनिन्छ । कम्युनिस्ट पार्टी सर्वहारा श्रमजीवी बर्गको पक्षधर हुन्छ ।अत कम्युनिस्ट पार्टीले सर्वहारा श्रमजीवि जनताको हितका लागि राज्यसत्ताको प्रयोग गरि न्यायपुर्ण , शोषण रहित समतामुलक समाज निर्माण गर्ने उदेश्य लिएको हुन्छ । कम्युनिस्ट पार्टी निर्माणको प्रमुख महत्त्वपूर्ण आधार बैचारिक हो । कम्युनिस्ट पार्टी आफ्नो बर्गपक्षधरता , क्रान्तिकारी चरित्र , सामाजिक परिवर्तनको उदेश्य र समाजवादको लक्षबाट बिचलित हन सक्दैन ।हाम्रो पार्टीले शारीरिक र बौद्धिक दुवै खालका श्रम गर्ने श्रमजीवीहरुको प्रतिनिधित्व गर्दछ ।नेपालको सन्दर्भमा मार्क्सवाद लेनिनवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलिय जनवादको सिद्धान्त , कार्यक्रम र नीति पार्टी निर्माणको प्रमुख बैचारिक आधार हो । बिचारमा स्पष्टता नभइ दिशा हिनता भएको पार्टीले आफ्नो लक्ष प्राप्त गर्न सक्दैन यस्तो पार्टी असफल हुन्छ । पार्टी भित्र व्यापक रुपमा बैचारिक छलफल , बहस र प्रशिक्षण सञ्चालन गरि वैचारिक र सांगठनिक प्रतिशप्रधा र पहलकदमि बाट श्रेष्ठता हासिल गर्न सक्नु पर्दछ ।पार्टीका बिचार नीति र निर्णय बुझ्न र बुझाउनमा एकरुपता हुनै पर्छ ।संगठनमा चुस्तता र निर्णय कार्यान्वयनमा एकरुपता पार्टी निर्माणको दोस्रो महत्वपुर्ण पक्ष हो । पार्टीको कार्यदिशा लाई कार्यान्वयन गर्न अनुकुल हुनेगरी सांगठनिक संरचना निर्माण गर्नु पर्द।सांगठानिक चुस्तता र छरितो पनाले निर्णय प्रकृयामा र कार्यान्वयनमा सहजता प्रदान गर्दछ । राजनीतिक आन्दोलन का लागि अनुकुल हुनेगरि बनाइएका हाम्रा पार्टी संरचना अब सामाजिक , आर्थिक रुपान्तरण र सम्बृद्दी को कार्यदिशा अनुकुल हुनेगरि बनाउनु पर्दछ । पार्टी सदस्यता बिस्तार र गुणस्तरियता पार्टी निर्माणको तेस्रो महत्त्वपूर्ण पक्ष हो ।सवै समुदाय र क्षेत्र समेटेर व्यापक रुपमा सदस्यता बिस्तार गर्ने र सदस्यहरू लाई पार्टीका सिद्धान्त , कार्यक्रम , नीतिका बारेमा प्रशिक्षित गर्ने तथा व्यवहार र आचरण मा सुद्दता , पारदर्शिता  र जनता संग मिलन सारिता भएका पार्टी सदस्यहरुले जनता संग नङ र मासुको जस्तो सम्बन्ध बिकास गर्नु पर्दछ ।

   कम्युनिस्ट पार्टीको साध्य बैज्ञानिक समाजवाद र साम्यवाद हो । साध्य प्राप्तिका लागि साधनको आवस्यकता पर्दछ । कम्युनिस्ट पार्टीको साध्य प्राप्त गर्ने साधन संगठन हो । तसर्थ पार्टीले आफ्नो उदेश्य प्राप्तिका लागि निश्चित विधि र प्रक्रियामा आधारित संगठनात्मक ढाचा तयार पारेको हुन्छ । कम्युनिस्ट पार्टीले आफ्नो संगठन सञ्चालन निश्चित सिद्धान्तका आधारमा गर्दछ , जसलाइ कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त भनिन्छ । कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त भनेको लेनिनवादी संगठनात्मक सिद्धान्त नै हो । यसलाइ हामी जनवादी केन्द्रीयता सिद्धान्त पनि भन्दछौं । निर्णय प्रक्रियामा जनवाद र कार्यान्वयनमा केन्द्रीयता प्रभावि हुनु नै जनवादी केन्द्रीयताको ब्यवहारिक प्रयोग हो । सार पक्ष र रुप पक्ष यो सिद्दान्तका दुइ पक्ष हुन । मार्क्सवादी विश्व दृष्टिकोण , श्रमजीवी वर्ग पक्षधरता र समाजको आमुल परिवर्तन गर्ने मान्यता यो सिद्धान्तको सार पक्ष हो । कम्युनिस्ट पार्टीको वर्गाधार श्रमजीवी वर्ग जो आफै सचेत नभएको हुदा त्यसलाई माथि वाट योजनवद्द ढंगले संगठित र सचेत गराउनु पर्दछ भन्ने उदेश्य का साथ अगाडि सारिएको सारपक्ष लाई बिचारधारात्मक सारपक्ष भनिन्छ । यसको रुपपक्ष भनेको ब्यक्ति संगठनको मातहत , अल्पमत बहुमतको मातहत , तल्लो कमिटी माथिल्लो कमिटीको मातहत , सम्पुर्ण तल्ला कमिटीहरु केन्द्रीय कमिटीको मातहत , केन्द्रीय कमिटी र केन्द्रीय निकाय राष्ट्रिय महाधिवेशनको मातहत र राष्ट्रिय महाधिवेशन पार्टी सदस्यको मातहत रहनु हो ।कम्युनिस्ट पार्टीको सदस्यले पार्टीको बिचार , सिद्दान्त , नीति र निर्देशन विनाशर्त पालन गर्नु पर्छ , पार्टीको सिद्धान्त र हित बिपरित का काम गर्न पाइदैन ।पार्टीका राष्ट्रिय महाधिवेशन , अधिवेशन र विभिन्न तहका कमिटीमा कुनै पनि बिषयमा निर्णय गर्दा सर्वसम्मत भएन भने मतदान गरिन्छ र बहुमतको निर्णय पार्टीको आधिकारीक निर्णय हुन्छ । यसरी गरिएको निर्णय लाई फरक मत राख्ने वा अल्पमतमा पर्नेहरुले पनि निशर्त स्विकार गरि कार्यान्वयन गर्नु पर्दछ । पार्टीमा केन्द्र देखि टोल र वडा सम्म विभिन्न तहका कमिटीहरु हुन्छन ती सवै कमिटीले आफु भन्दा माथिल्ला कमिटीका निर्णय र निर्देशन पालन र कार्यान्वयन गर्नु पर्छ । मातहतका सम्पूर्ण कमिटीहरुले केन्द्रीय कमिटीको निर्णय र निर्देशन पालन र कार्यान्वयन गर्नु पर्दछ । त्यसैगरी केन्द्रीय कमिटी र केन्द्रीय निकायले राष्ट्रिय महाधिवेशनको निर्णय पालन र कार्यान्वयन गर्नु गराउनु पर्दछ । राष्ट्रिय महाधिवेशन पार्टी सदस्यहरुको मातहत हुन्छ । कम्युनिस्ट पार्टीको सर्बोच्च अंग महाधिवेशन हुन्छ । महाधिवेशनमा आउने प्रतिनिधिहरु पार्टी सदस्यहरुले चुनेर वा छानेर पठाएका हुन्छन् । यसबाट बुझ्न सकिन्छ कम्युनिस्ट पार्टीमा पार्टी सदस्यको अधिकार कर्तब्य र भुमिका कति महत्त्वपूर्ण रहेछ । पार्टी संगठनको आधारभुत तहमा आधारस्तम्भ का रुपमा रहेका पार्टी सदस्यहरुको पार्टीको बिचार निर्माण , पार्टीको नेतृत्व निर्माण , पार्टी संगठन निर्माण , आन्दोलन र निर्वाचनमा निर्णायक भुमिका हुनेहुदा पार्टी सदस्यता प्रदान गर्ने कुरा लाई हल्का रुपमा लिनु हुदैन । जस्ता पार्टी सदस्य त्यस्तै पार्टी नेतृत्व ।
जनवादी केन्द्रीयतामा पार्टी सदस्यहरूको अधिकार र कर्तब्य दुवै निहित हुन्छ । केन्द्रीयता माथिबाट लागु गरिन्छ भने जनवाद तलबाट । केन्द्रीयता निर्देशनात्मक हुन्छ भने जनवाद सहभागितात्मक हुन्छ । पार्टीमा  बिचार , नीति  , नेतृत्व वा अन्य कुनै पनि बिषयमा निर्णय गर्दा व्यापक छलफल र बिचार बिमर्श गरि सर्वसम्मतिले वा मतदान गरि बहुमत द्दारा गरिने हुदा जनवाद लाई सहभागीतात्मक / तलबाट भनिएको हो । यसरी निर्णय गरिएको कुनै पनि नीति निर्देशन वा बिषयलाइ कार्यान्वयन गर्न का लागि विभिन्न कमिटीहरुले आफ्ना सदस्यहरु लाई र मातहत कमिटी लाई निर्देशन दिनसक्छन ।यस्ता निर्देशन र आदेशहरु बाद्यकारी हनेहुदा निर्देशनात्मक / माथिबाट भनिएको हो । यसलाई हामी निर्णयमा सहभागीता र कार्यान्वयनमा अनुलंघनियता पनि भन्दछौं । विगतमा हाम्रो पार्टीले र अन्य कम्युनिस्ट पार्टीहरुले पार्टी प्रमुख ( महासचिव ) देखि तल्ला कमिटीहरुमा कमिटी प्रमुख छान्दा महाधिवेशन र अधिवेशनले सदस्यहरू छान्ने र त्यसरी छानिएका सदस्यहरूले आफु मध्ये बाट महासचिव र सचिव छान्ने गर्दथ्यो साथै पार्टी प्रमुखको रुपमा केन्द्रमा महासचिव र मातहत कमिटीहरुमा सचिव हुने एकल पदाधिकारी सहितको नेतृत्व हुने गरेकोमा हाम्रो पार्टीले बहुपदाधिकारी सहितको नेतृत्व हलबाट प्रतक्ष निर्वचित गर्ने अझ बढि लोकतान्त्रिक र समाबेशि निर्वाचन प्रणालि अपनाएका छौं ।यो हाम्रो थप बिशेषता हो । हामी गर्वका साथ भन्न सक्छौं हाम्रो पार्टीमा जति समावेशीता र आन्तरिक लोकतन्त्र नेपालका अरु कुनैपनि पार्टीमा छैन ।
पार्टी सदस्य
नेकपा एमालेको सदस्य हुनको लागि पार्टीका कुनैपनि जनबर्गिय संगठनमा काम गरेको वा पार्टी सम्बद्ध कुनै संगठनमा काम गरेको , पार्टीका आन्दोलन र विभिन्न गतिबिधिहरुमा सक्रिय रहेको , मानसिक सन्तुलन नगुमेको र नैतिक पतन देखिने कुनै अभियोगमा सजाया पाएको हुननहुने १८ बर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्दछ । पार्टी सदस्य आफैमा स्वयं सेवि चरित्रका हुन्छन् , पार्टी सदस्य भए बापत पार्टीबाट कुनै तलब वा पारिश्रमिक पाउदैनन् । पार्टीका सिद्धान्त , कार्यक्रम , नीति र बिधान लाई निसर्त स्विकार गर्ने र कार्यान्वयन गर्नुपर्दछ । पार्टीलाई नियमित रुपमा सदस्यता शुल्क र लेबि बुझाउनु पर्दछ ।पार्टीले दिएका निर्देशन पालन गर्ने , पार्टी काममा समय दिने र आवस्यकता अनुसार पुर्णकालिन हुन तयार हुनुपर्दछ । पार्टीको कुनै पनि कमिटीमा संगठित हुनुपर्दछ ।
नेकपा एमाले कस्तो पार्टी ?
कस्तो पार्टी बनाउने भन्नेकुरा पार्टीले लिएको सिद्धान्त , बिचार , कार्यक्रम , उसले गर्ने संघर्ष र जनता संगको उसको सम्बन्ध तथा देशको संविधान र शासन ब्यवस्थाका आधारमा निर्धारण गर्नु पर्दछ । हाम्रो पार्टी लामो समय सम्म कार्यकर्ता आधारित थियो । निरंकुश पञ्चायती शासन काल जतिबेला पार्टीहरु प्रतिबन्धित थिए हाम्रो पार्टी भुमिगत थियो त्यस्तो अवस्थामा पार्टी कार्यकर्ता आधारित हुनु अनिवार्य थियो । पार्टीले विभिन्न जन संगठनको माध्यमबाट र भुमिगत रुपमा घुमाउरो तरिकाले जनता संग सम्पर्क बिस्तार गर्दथ्यो । यदि पार्टीले सशस्त्र बिद्रोह द्दारा सत्ताकब्जा गर्ने नीति लिइरहेको हुन्थ्यो भने सेना निर्माण गर्दथ्यो र सेनाकै भरमा पार्टीको प्रभाव बढाउथ्यो त्यस्तो अवस्थामा सैनिक पार्टीको रुपमा काम गरेको हुनेथियो जसलाइ सैनिक पार्टी भनिन्थ्यो , त्यस्तो पार्टी स्वभावैले निरंकुश चरित्रको हुन्छ । लामोसमय सत्तामा रहेका निरंकुश साशकहरुले कहिले काहीँ आफु बिरुद्धका आवाज लाई मत्थर पार्न र देखावटी रुपमा प्रजातान्त्रिक हु भनेर भ्रमछर्नका लगि बहुदलियता स्विकार गरेको देखाउने गर्दछन् र पार्टी पनि खोल्छन् । देखाउनका लागि निर्वाचन पनि गराउछन् तर सत्ताको आडमा चुनाव आफैले जितेको घोषा गराउछन् । त्यस्ता देखावटी पार्टीको जनता संग कुनै सम्पर्क सम्बन्ध हुदैन । त्यस्तो पार्टी लाई राजकिय पार्टी भन्न सकिन्छ । यस्तो पार्टीको चरित्र पनि निरंकुश नै हुन्छ । कुनै पार्टी जसले योजनाबद्ध ढंगले कार्यकर्ता निर्माण पनि गर्दैन , कार्यकर्तामा आधारित भएर संगठन सञ्चालन गरेको पनि हुदैन चुनाव का समयमा जनताकहाँ भोट माग्न जाने गर्दछ त्यस्तो पार्टी लाई जनआधारित पार्टी भनिन्छ ।जुन पार्टीले योजनाबद्ध ढंगले कार्यकर्ता र नेता उत्पादन गर्दछ र ती नेता तथा कार्यकर्ता जनतामा आधारित हुन्छन् त्यस्तो पार्टी लाई जनआधारित कार्यकर्ता पार्टी भनिन्छ । ।नेकपा एमाले संग कार्यकर्ता र नेताहरुको बिशाल सञ्जाल छ ती सवै जनतामा आधारित छन् । तसर्थ हाम्रो पार्टी जनआधारित कार्यकर्ता पार्टी हो ।

लेखक गणेश प्रसाद तिमिल्सीना, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश  न ४ का सह–संयोजक हुन । 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस