Print

नेकपा एमालेको धाइरिङ गाउँ अधिवेशन सम्पन्न

१७ फागुन, पर्वत । नेकपा एमाले धाइरिङ गाउँ कमिटिको अधिवेशन सम्पन्न भएको छ ।

सोमबार सम्पन्न अधिवेशनले ओमबहादुर बुढाको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
नयाँ निर्वाचित कार्य समितिको उपाध्यक्षमा जयन्ती शर्मा, सचिवमा वेदनाथ आचार्य र उप सचिवमा तारानाथ आचार्य रहेका छन । यसैगरी सदस्यहरुमा विकास गिरी, भागवत आचार्य, नारायणदत्त शर्मा र जमुना शर्मा चयन भएको दिपेन्द्र सुवेदीले जानकारी दिए ।

यस अघि भएको उद्घाटन शत्रमा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुवंर, सचिव पदमपाणी शर्मा, प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी र युवा संघ पर्वतका अध्यक्ष विमल लामिछाने लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । एमालेको ४ महिने जनपरिचालन अभियान अन्तर्गत जिल्लाका अन्य गाविस र वडाहरुमा समेत नयाँ कमिटिहरुको गठन र विस्तार भईरहेको एमाले पर्वतका प्रचार विभाग सचिव किशोर सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस