Print

एतिहासिक जैमनिघाट प्रचारको अभावमा ओझेलमा पर्दै

१३ फागुन, पर्वत । महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको पुजाआराधनको लागी पर्वत र बाग्लुङको संघम धार्मीक स्थल जैमुनी घाटमा आएकाहजारौ दर्शनार्थीहरुले पबित्र धार्मीक स्थल ओझेलमा परेका गुनासो गरेका छन् ।

पबित्र धार्मीक स्थलमा शिवको पुजाआरधना गर्न पर्वत र बाग्लुङ लगाएतका जिल्ला बाट आएका भक्तालुहरुले जैमुनिघाट लाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने हुदाँ हुदैँ पनि कुनै निकाय को त्यस तर्फ ध्यान जन नसक्दा उक्त स्थान ओझेलमा परेको गुनासो गरेका छन् । साथै उनीहरुले आवश्यक प्रचार प्रसार नहुदाँ उक्त स्थान सधै आझेलमा परेको गुनासो समेत गरेका छन् । शिवरात्रिमा बिहानै देखि आएका अधिकाशं मानिसले मन्दिर मा दर्शन गर्न र नदीमा स्नान गर्ने व्यवस्था नहुदाँ आफुहरुलाई असहज भएको बताए । उनीहरुले त्यस क्षत्र लाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न माग समेत गरेका छन् ।

ठेउले खोला र कालीगण्डकीको कोखमा अवस्थीत जैमुनी घाटमा पौराणीक कालमा जैमुनी ऋषिले तपस्या गरेको शास्त्रमा उल्लेख छ । उक्त स्थानमा शिव मन्दिर राम मन्दिर सगै प्रकृतिक रुपमा कुदिँएका बिभिन्न देवताकृतिका साथै शङ्ख,घण्ट,मादल लगाएतको ध्वनी सुन्न सकिन्छ । उत्त ठाउँमा रहेको जैमुनि शङखशिला को उपासना तथा आरधना गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने धार्मीक बिश्वास समेत रहिआएको छ । उक्त ठाउँ प्राचिनकाल देखि नै हिन्दु धर्मालबीहरुको पबित्र तिर्थस्थल रहेको र त्यहाँ सिद्धी पुरुष,ऋषिमुनी,सन्त महात्माहरुले आत्मासन्तोषका निम्त्ति उक्त ठाउँमा आएर मनोरथपुर्ण गरेको शास्त्रमा पढ्न पाईन्छ ।
उक्त स्थानमा गत बर्ष भुकम्पमा परी ज्यान गुमाएका हरुको चिर शान्तिको कामना गर्दै सवा २ करोड दिव प्रज्वलन गरिएको थीयो । यस बर्ष उक्त स्थानमा हजारौँ दर्शनार्थीहरु भित्रिएको बताईएको छ । माधब पराजुली,

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस