Print

‘असहज परिस्थिती आएपनि चुनाव गर्नै पर्छ’–एमाले नेता नेपाल

१३ फागुन, पर्वत । नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले असहज परिस्थिती आएपनि स्थानीय निर्वाचन गर्ने पर्ने बताएका छन । शुक्रबार पर्वत सदरमुकाममा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले सहज भएन र असहज परिस्थिती आयो भनेपनि निर्वाचन जसरी पनि गर्नुपर्ने बताएका हुन ।

चुनावमा केहि ब्यक्तिहरुले मतदान नगर्दैमा चुनाव रोक्न नहुने बताउदै नेता नेपालले मधेसमा चुनावको माहोल शुरु भईसकेको हुँदा असहज परिस्थिती आएपनि चुनाव जसरी पनि गर्नुपर्ने बताए ।

स्थानीय निकायको निर्वाचन समयमा नहुँदा देशमा भ्रष्टचार मौलाउदै गएका कारण पनि चुनाव जसरी पनि हुनुपर्ने उनले बताए । स्थानीय निकायका कर्मचारीहरु आफैले बजेट बाँड्ने र केहि नेताहरुलाई रिझाउने परिपाटी संस्थागत हुँदै गएका कारण पनि निर्वाचनको विकल्प नरहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेता नेपालले सर्वोच्च अदालको निर्णयका आधारमा पनि प्रदेश सभा नभएको बेला संविधान संसोधन गर्न नहुने बताए । प्रदेशको सिमा हेरफेर गर्ने अधिकार प्रदेशसभा संग मात्र भएकाले संसोधनको विधेयकलाई एमालेले जसरी पनि पारित हुन नदिने जिकिरे समेत गरे ।

कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले मधेसमा एमालेलेको राम्रो पकड रहेको भन्दै चुनावका लागि सवै पक्ष तयार रहन निर्देशन समेत दिए । नेता नेपालले आगामी वैशाख ३१ गतेसम्म सवै कार्यकर्ता गाउँमा जनताको वीच वीचमा जानुपर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस