१२ फागुन, पर्वत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र न १ का सांसद अर्जुन जोशीले जनताले माग गरेका सवै विकास योजनाहरु पुरा गर्न आफू तयार रहेको बताएका छन ।
बिहिबार जिल्लाको उत्तरी क्षेत्र मल्जामा रहेको पर्वत उद्योग बाणिज्य संघ मल्लाज उप शाखाको साधारण सभा तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले जनताको स्तरबाट माग भएका सवै योजना पूरा गर्न आफू तयार रहेको बताएका हुन ।
देशलाई आर्थिक सम्बृद्धिमा लैजानका लागि सवै जनता उत्पादनमुखी र स्वरोजगार बन्नु पर्ने बताउँदै जोशीले सीपमूलक र आयमूलक रोजगारका लागि पनि आफूले सधै सहयोगको चाहना राखेको बताए । बहिष्कारको राजनीतिले सधै समाज पछाडी परेको भन्दै समावेशी राजनीतिमा आफूले सवै जनतालाई साथ दिने समेत उनले उद्घोष गरे ।
मल्लाज उप शाखाले निर्माण गर्न लागेको भवनको समेत शिलान्यास गर्दै सांसद जोशीले देशमै थ्ुप्रै उत्पादनमुखी कार्यहरु गर्न सकिने हुँदा युवाहरु विदेशीनु बाध्यता भन्दा रहर हुन थालेको समेत जिकिर गरे । देशमै ४० हजार आम्दानीको जागिर छाड्ेर नेपाली युवाहरु ३० हजारको जागिरका लागि खाडी मूलक गएको बताउँदै स्वदेशमै उपलब्ध रोजगार नेपालीको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
कार्यक्रममा ब्यवसायी नविन जिसी, उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष जीवनबहादुर विक, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी लगाएतले साधारण सभाको लागि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।







प्रतिकृया दिनुहोस्