६ फागुन, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतको पाँचौ अधिबेशनपछि गठन भएको नयाँ कार्यसमितिको पहिलो वैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा वसेको पहिलो वैठकले विभिन्न निर्णय समेत गरेको
छ । वैठकले शाखाको आफ्नै भवन वनाउन अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा ७ सदस्यीय जग्गा छनौट समिति गठन गरेको छ ।
यस्तैे पत्रकार महासंघलाई थप व्यवस्थित गर्ने निर्णय गर्दै वैठकले पाँचौ जिल्ला अधिबेशनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै पत्रकारहरुको हकहित सुरक्षित गर्न सञ्चारगृहका प्रमुखहरुको विचमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेकोे शाखाका सचिव गणेश गिरीले जानकारी दिनुभयो ।
विगतदेखि सञ्चरगृहको सवलीकरणका सञ्चालन भैरहेको वास्केट फण्डलाई थप व्यवस्थित वनाउने समेत आजको वैठकले निर्णय गरेको छ । सहकार्य र सहमतीवाट चयन भएको नयाँ कार्यसमितिलाई क्रियाशिल बनाउन आगामी दिनमा पनि सबै पत्रकार र सबै सञ्चारगृह विच सहयोग र समन्वयको वाताबरण बनाउने वैठकले निर्णय गरेको जनाइएको छ ।- रोशन तिवारी





प्रतिकृया दिनुहोस्