५ फागुन, म्याग्दी । जिल्लाको ग्रामिण क्षेत्रमा सञ्चालित एक रेष्टुरेन्टले स्थानीय सामाग्रीबाट नयाँ किसीमको खानाको परिकार तयार पार्न थालेको छ ।
बाबियाचौर २ सिमलचौरमा रहेको केडी कटेजले प्रथम वार्षिक उत्सवको अवसरमा बिहीबार केडीसी सेट खानाको परिकार सार्वजनीक गरेको हो । रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा कटेजका सञ्चालक अशोक पौडेलले स्थानीय कृषि उपज, मसला, तरकारी र खाद्यन्नबाट उक्त परिकार तयार पारिएको जानकारी दिनुभयो ।
म्याग्दी खोलाको असला, स्थानीय पोखरीका कमन र ग्रास कार्प माछा, भट्ट, गुन्द्रुक, खसीको मासु, चिकन फ्राई, लोकल गोलभेडाको चटनी सहितको परिकारलाई केडीसी सेट नामाकरण गरिएको छ ।
सो परिकारमा भुजा र चिउरा समेत रहेको छ । कृषि पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालित उक्त रेष्टुरेन्टले आन्तरीक तथा बाह्य पर्यटकको सुबिधाका लागि आठ जना क्षमत्ताको घरबास सेवा पनि सुरु गरेको छ ।
जेठोबुढो, गौरीया चामलको भात, कोदो र फापरको ढिडो, रोटी, स्थानीय स्तरमै उत्पादीत तरकारी र म्याग्दी खोलाको असला माछा उक्त रेष्टुरेन्टको बिशेष आकर्षण हो । रेष्टुरेष्टका लागि आवश्यक माछा, मासु र तरकारी आपूर्तीका लागि माछापालन, बाख्रापालन र तरकारी खेती समेत गरिएको छ ।
स्थानीय स्तरमा म्याग्दी खोलामा पाइने असला माछा र लोकल कुखुरा खरिद गरेर बजारीकरण समेत गर्दै आएको छ । तातोपानी कुण्डमा स्नानका लागि आउने आन्तरीकका साथै गुरील्ला, धौलागिरी चक्रिय र ढोरपाटन भ्रमणमा जाने पर्यटकलाई लक्षित गरेर सञ्चालीत रेष्टुरेन्टमा तिन जनाले नियमित रोजगारी पाएका छन् ।
३५ लाख रुपैया लगानी भएको रेष्टुरेष्टले स्थानीय पर्यटकीय स्थलको प्रर्वद्धनका साथै छिट्टै पोखरा, काठमाडौ र चितवनको सौराह मध्य एक ठाउँमा शाखा विस्तार गर्ने योजना बनाएको प्रबन्धक जिवन पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सो रेष्टुरेन्टमा मासिक सत्तरी हजार रुपैया बराबरको कारोबार हुने गरेको छ । तिन रोपनी क्षेत्रफलमा फैलीएको सो रेष्टुरेष्न्ट परिसरमा माछा पोखरी र तरकारी फार्म समेत रहेको छ ।- ठाकुरप्रसाद आचार्य/सन्तोष गौतम





प्रतिकृया दिनुहोस्