२८ माघ, पर्वत । हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीले आफ्नो पहिलो पञ्चेबाजाको लोकदोहोरी गीतको छायांकन गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा जन्मिएर हाँस्यव्यङ्ग्य क्षेत्रमा लागेका कार्कीले पहिलोपटक लोकदोहोरी एल्बम बजारमा ल्याउन लागेका हुन् ।
उनले मौलिक पञ्चेबाजा समावेश गरी आफ्नै गाउँमा ‘बेनीबजारमा झर मायालु’ एल्बमको छायाङ्कन गरेको बताएका छन् । ‘बेनीबजारमा झर मायालु, मत परें है भर मायालु, आउँदाखेरी फोन गर मायालु’ बोलको एल्मब छायाङ्कन गरिएको कार्कीले जानकारी दिएका छन् । उक्त एल्बममा चर्चित लोकदोहोरी गायिका देवी घर्तीमगर र गायक स्वयं रवि कार्कीले स्वर दिएका छन् ।
प्रवीण खत्रीको शब्द संयोजन रहेको एल्बमको लय गायक कार्की, एरेन्ज चर्चित सङ्गितकार बसन्त थापा, निर्देशन प्रकाश भट्ट, मोडेल प्रकाश भट्ट र अन्जली अधिकारी रहेका छन् । त्यसैगरी म्यूजिक भिडियोमा नेत्रराज सुबेदीले दुलाह र रक्षा जिसीले दुलहीको भूमिकामा अभियान गरेका छन् । भिडियो निर्माण शाही भिजन प्रालि काठमाडौं र रेकर्ड स्थायी डिजिटलमार्फत गरिएको एल्मको गीतमा शब्द पुला, राखु, मल्लाज र बेनी क्षेत्रलाई समावेश गरेर बनाइएको छ ।
त्यस्तै गीतमार्फत माया पिरतीमा लागेका युवा पङ्तिलाई सन्देश दिन खोजिएको छ भने आफ्नै गाउँठाउँमा रहेका कला संस्कृति र मौलिक पञ्चेबाजाको संरक्षण गर्ने उद्देश्य राखिएको गायक कार्कीले बताए । उनले यसअघि ‘बादलभित्र लुक्ने जुन हुँ म’ बोलको गितमा स्वर दिइसकेका छन् । गायक नकुल ढकालको ‘मत हिँडे मेला पातैमा’ रोईला गीत र ध्रुव जिसीको ‘सनाई रोला की’ बोलको गीतमा गायक रविले कमेडी नृत्य प्रस्तुत गरेका थिए ।





प्रतिकृया दिनुहोस्