२० माघ, काठमाडौं । पर्वतको सदरमुकाम कुस्मासँग छिमेकी जिल्ला बाग्लुङको बलेवा जोड्ने यान्त्रिक तुईनमा प्राविधिक समस्या आएपछि एक हप्ताका लागि बन्द गरिएको छ । केबलकार नाम दिईएको सो यान्त्रिक तुईन पुरानो तुईनको आधुनिक प्रविधि हो । यसमा मोटरको प्रयोग गरेर तुईनलाई वारपार गराउने गरिन्छ ।

निर्माण भएको ५ बर्र्ष नपुग्दै यन्त्रिक पुलको सो लठ्ठा दोश्रोपटक चुडिन थालेको हो । दुई बर्षअघिमात्रै लठ्ठामा समस्या आएका कारण यसअघि नै लठ्ठा फेरिसकिएको यन्त्रिक पुल संचालक समितीका अध्यक्ष होमनारायण श्रेष्ठले जानाकारी दिनुभयो ।
यन्त्रिक पुलका डब्बा तान्ने लठ्ठा चुडिन थालेपछि पुलको यात्रा जोखिमपुर्ण भएकाले यसमार्फत यात्रा गर्नेको यात्रुको चाप हवात्तै घटेको थियो । तर संचालक समितीले भने लठ्ठामा समस्या आएपछि लोड घटाएर चलाएकाले यसमा खास जोखिम नरहेकोे स्पष्ट पारेको छ । करिब ८ लाख खर्चमा लठ्ठा फेर्ने कामका लागी भारतबाट ल्याउने काम शुरु भएकाले केही दिनभित्रै लठठा फेरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
सो यान्त्रिक तुईनमा प्रयोग भएका लठ्ठामा समस्या आएको लामो समयसम्म पनि व्यवस्थापन पक्षले ध्यान नदिँदा सर्वसाधारणले जोखिम पूर्ण यात्रा गर्दै आएका थिए । स्थानीयवासी सर्वसाधारणहरुले व्यवस्थापन पक्षले ध्यान नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङ र जिल्ला प्रशासन कार्यालय पर्वतमा बन्द गराउन निवेदन दिएको र स्थानीय प्रशासनले बन्द गरेर मर्मत गर्न निर्देशन दिएका कारण बन्द भएको कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।
हामीले लठ्ठामा अझै धेरै तार चुडिँदा समेत चलाउँदै आएका थियौं अध्यक्ष श्रेष्ठले भने यो त सामान्य हो । यस्ता प्राविधिक समस्यालाई सामान्य ठान्दै आएको सो पुलका संचालकहरु नाफामुखि भएकै कारण बेला बेलामा प्राविधिक समस्याको बेवास्ता गर्दै आएका थिए ।
यान्त्रिक पुलमा यस अघी पनि विभिन्न प्राविधिक समस्या नआएका होईनन्, तर व्यवस्थापन पक्षले यसमा ध्यान दिएको पाईदैन । प्राविधिक कुराहरु सर्वसाधारणलाई थाहा नहुने र व्यवस्थापन पक्षले लापरवाही गरेका कारण कहिले चट्याङका कारण सर्वसाधारण पुलको बीचमा लामो समय अलपत्र पर्ने गरेका छन् त कहिले लाईन बीचमै गएर ठूलो झड्का सहेर बस्ने गरेकाछन् ।प्राविधिक समस्या आउँदा तत्कालै मर्मत गर्दा धेरै खर्च लाग्ने भएकाले केही समयसम्म वेवास्ता गर्ने पुरानै रोग भएको बताइएको छ।
यान्त्रिक पुल लिमिटेडको यस्तो लापरवाहीको शिकार बन्दै आएका सर्वसाधारणहरु बोले चढ्न नपाउने डर नबोले कहिले के हुने भन्ने डरमा यात्रा गर्न विवस छन् । केही समय पहिला यान्त्रिक पुलको बीचमा चट्याङका कारण एक व्यक्ति बेहोस भएको घटना समेत बाहिर नआइ गुपचुप बनाईएको थियो । यस्ता घटनाहरुलाई हेर्ने हो भने यो पुल मान्छेलाई यातना दिने धराप मान्न सकिन्छ भने समयमा यसको रेखदेख नगर्ने हो भने जुनसुकै बेला कुनै दुर्घटना हुने देखिन्छ ।
नीजि क्षेत्रको लगानीमा निर्माण भएको सो पुल नेपालकै नमून पुल भएपनि यसको समयमै मर्मत र प्राविधिक कुरामा स्थानीयवासी र स्थानीय प्रशासनले पनि समय समयमा प्राविधिक झिकाएर यसको बारेमा अध्यायन गर्नु पर्नेमा स्थानीयवासीको जोड छ ।
तर केही स्थानीयवासीहरुले भने यान्त्रिक पुल बिगारेको नाटक गरेर पर्वत महोत्सवमा बलेवा क्षेत्रका सर्वसाधारण घटाउने उद्देश्य रहेको आशंका समेत गरेकाछन् । बलेवा क्षेत्रका नाम नखुलाउने सर्तमा एक सर्वसाधारणले भने यो हल्ला बारे बलेवामा कुनै जानकारी नै छैन । नियमित मर्मत केही समय पहिला मात्रै भएकाले यो षड्यन्त्र मात्रै भएको उनीहरुको भनाई छ ।





प्रतिकृया दिनुहोस्