Print

शिव परिचारले तताए कुश्मा

२० माघ, काठमाडौं । नेपाली सुगम संगितका चर्चित गायक शिब परियार पर्वतको कुस्मामा आएर होसमा आएपछि बुधबार पर्वत महोत्सवको माहोल नै एकाएक तात्यो ।

नेपाली दर्शक र श्रोतामाझ अत्याधिक रुचाईएका कलाकार शिव परियारले पाँचौं पर्वत महोत्सवको अवसरमा गित गाउन शुरु गरेपछि महोत्सव परिसरमा दर्शकको घुईचो लाग्यो भने उनका डेढ दर्जन गितमा दर्शकहरु खुलेर नाच्ने मौका पाए ।

बाटो मोडर गयौ नाता तोडेर गयौ…… बोलको गित गाएर शुरु गरेका परियारका सबै गितमा दर्शकहरुले पनि उत्तिकै साथ दिएर गाए भने हुटिङ र तालि पनि उत्तिकै पाए ।

‘बेहोसी पछि होसमा आउँदा क्या दामि भो बोलको गितले भने सबै दर्शकलाई मन्त्रमुग्ध बनायो । कुवाको पानी खानु सालैको पातैले….‘मलाई जालैमा पा¥यो फेसबुकले..मायालु मायालु, पार्वती पार्वती’ लगायतका गीतमा पनि दर्शकको उत्तिकै साथ पाएका थिए ।

परियारको सर्वाधिक हेरिएको सुनिएको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले…’ बोलको गीत भने दोहो¥याएरै गाए ।

गायक परियारले विशेष गरि युवा पुस्तालाई नचाउने खालका रोमान्टिक गितमा नचाएका थिए । उनले आफ्ना नयाँ र पुराना गित सबैलाई मिलाएर गाए । यसल दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । कुस्मामा दोस्रो पटक भएको कार्यक्रममा परियारले बजारमा आउने तयारीमा रहेको आफ्नो नयाँ एल्बम गित समेत गाए ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस