२४ भदाैं, पर्वत । जिएनजी आन्दोलनको फाईदा उठाउदै पर्बत जिल्ला कारागारबाट फरार भएका ६ कैदी बन्दीहरू अझै सम्पर्कमा नआएका हुन् । बिभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १९ कैदी बन्दीहरू गत भदौ २४ गते फरार भएका थिए ।
फरार भएको केही दिन पछि प्रहरीले १३ जना कैदी बन्दीलाई बिभिन्न स्थानबाट पुन नियन्त्रणमा लिएर पुन कारागार चलान गरेपनि ६ जना कैदी बन्दी एक बर्ष बितिसक्दा सम्म सम्पर्कमा नआएका हुन् ।
यसरी फरार रहेका कैदी बन्दी मध्ये ४ जना जबर्जस्ती करणी, १ जना सहकारी ठगी मुद्धा र १ जना कर्तब्य ज्यान मुद्धाका रहेका छन् ।
प्रहरीले तत्कालिन समयमा सम्पर्कमा आउन आग्रह गर्दा पनि ६ जना सम्पर्कमा नआएको र खोजी कार्य भईरहेको जनाएको छ । तत्कालिन समयमा सम्पर्कमा आउन अनुरोध गरिएको र सम्पर्क नआएका फरार कैदी बन्दीलाई अहिले पनि ताकेता गरिएका जिल्ला प्रहरी कार्यालय पर्बतका सुचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलले जानकारी दिनुभयो ।
यसरी कारागारबाट फरार भएका कैदी बन्दीहरूलाई कार्बाहीका लागि सरकारले हाल सम्म कुनै निर्णय गरेको छैन । अपराधिक घटना घटाएर कार्बाही भुक्तान गरिरहेका कैदी बन्दीहरू पुन समाजमा प्रबेश गर्ने अबसर पाए भने अर्को घटना घट्न सक्ने भन्दै प्रहरीले नागरिक समक्ष समेत सुचना उपलब्धताका लागि अाह्वान गरेको छ ।




