Print

पहिरो खसेपछि मुस्ताङ जाने सडक अवरुद्ध

६ भदौ, पर्वत ।आज बिहान करिब ०५ः२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी(जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

यस्तै बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीकै रघुगंगा गापा २ बैसेरी स्थितमा पनि बिहान करिब ०५ः३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।