१ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आज शोक विदा दिएको छ । गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै गाउँपालिकाले आज शोक विदा दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्धारा जारी सुचना बमोजीम आज स्वास्थ्य सेवाका आकस्मीक बाहेकका सवै कार्यालयहरु बन्द रहनेछन् ।
वैशाख २९ गते अर्घाखाची जिल्लाको पाणिनी गाउँपालिका वडा न ८ कोल्डाँडामा भएको दुर्घटनामा परी ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरु मध्ये ३ जना मोदी गाउँपालिका भित्रकै स्थानीय रहेका थिए । दुर्घटनामा परी मृत्यु भएकाहरुको स्मरणमा गाउँपालिकाले शोक विदा दिएको हो ।
उक्त दुर्घटनामा परी १५ जना मोदी गाउँपालिकाका अन्य स्थानीय र गाउँपालिका २ जना कर्मचारी समेत घाइते भएका छन् । घाइतेहरुको उपचार भईरहेको छ ।




