१३ माघ, पर्वत । कुष्ठरोगको छ ओखती, सामाजकि लाञ्छना र बिभेद मुख्य चुनौती ”भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ७३ औ विश्व कुष्ठरोग दिवस मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश अस्पताल पर्वतका कन्सल्टेन्ट फिजिसियन डा मिलन अवाले ले नेपालमा हाल कुष्ठरोगको अवस्थाको कार्यपत्र प्रस्तुत गरेका हुन ।
नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो प्रति दश हजारमा १ जना भन्दा कम कुष्टरोगी रहेको आधारमानी नेपाललाई कुष्ठरोग निवारण घोषणा गरिएको हो ।
हाल तराई लागाएत केही पहाडी जिल्लामा अझैपनी कुष्ठरोगीहरु भेटिएका छन् । पर्वतमा कुष्ठरोगीहरुको तथ्यांक हेर्दा पछिल्ल्लो चरणमा घढ्दै गएको छ । यो रोग मानसिबाट मानसिमा श्वास–प्रश्वास र सिधा सम्पर्कको माध्यमबाट सर्दछ भने हालसम्म यो रोग अन्य जनावरमा भएको पाईएको छैन ।
शुरुकै अवस्थामा समयमा नै रोगको निदान र औषधीबाट उपचार गरेमा यो रोग पुर्णरुपमा निको हुन्छ र अपाङ्गता हुदैन साथै अरुलाई रोग सर्दैन ।
गत आवमा ४ जना कुष्ठरोगी भेटिएकोमा यस आर्थिक वर्षको पौष मसान्त सम्म पर्वतमा पछील्लो आव २ जना नया कुष्ठरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रम मा वोल्दै जिल्ला समन्वय समितीका प्रमुख विष्णूराम विकले कुष्टरोगीहरु लाई समाजले हेर्ने दृष्टिीकोण नकारत्मक भएका कारण पनि कतिपय रोग लागेका मान्छेहरु समाजमा नखुलेको वताउदै सम्मानजनक व्यवहार गर्नुपर्ने वताए ।जनस्वास्थ्य कार्यालय पर्वतको आयोजना सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगाएत पर्वतममा क्रियाशिल पत्रकारहरु तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यालय प्रमुख वद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायण प्रसाद रेग्मीले गरेका थिए ।




