१७ मंसिर, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप अन्तर्गत ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । मोदी ब्याडमिन्टन संघको समन्वयमा आयोजित पुरुष ब्याडमिन्टन (डबल्स) बि र सि लेभल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा वि लेभलको उपाधी लक्षमण कुमार श्रेष्ठ र जगदीश सुवेदीको जोडिले हासिल गरेको छ । सि लेभलको उपाधी निर्दोष लामिछाने र बिनोद सेन्चुरीको जोडिले हातपारेको छ । गाउँपालिकाले पहिलो पल्ट अध्यक्ष कप प्रतियोगीताका आयोजना गरेको हो । प्रतियोगीता अन्तर्गत पालिका स्तरीय भलिबल प्रतियोगीता र ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतासंगै आयोजना गरेको अध्यक्ष कप प्रतियोगीताका विभिन्न खेलहरु जारी रहेका छन् । यसै वीच मंगलबार विद्यालय स्तरीय नृत्य प्रतियोगीता तथा भजन प्रतियोगीता सम्पन्न भएको छ ।




