८ असार, पर्वत । नेकपा (एमाले) पर्वतका नेता तथा बामपन्थी आन्दोलनका अग्रणी नाम गणेश शर्मा पौडेलको आइतबार मृत्यु भएको छ । कम्युनिष्ट आन्दोलनको पर्वत जिल्लाका संस्थापक नेता पौडेलको आइतबार आफ्नै घर कुश्मा १० पिपलटारीमा मृत्यु भएको नेकपा (एमाले) पर्वतका कार्यालय सचिव राजु पौडेलले जानकारी दिनुभयो ।
तत्कालीन मालेका संस्थापक नेताको रुपमा परिचित शर्मा पर्वत जिल्लाको बामपन्थी आन्दोलनका अग्रणी ब्यक्ति हुनुहुन्छ । जिल्लामा बामपन्थी आन्दोलनको शुरुवात गर्ने शर्मा क्षेत्रमा शैक्षिक आन्दोलनको अग्रणी नेताको रुपमा समेत परिचित हुनुहुन्छ ।
पर्वत जिल्लाको राजनैतिक क्षेत्रमा विभिन्न कालखण्डमा भिन्न भिन्न पदमा रहेर नेतृत्व गर्नुभएका शर्मा हाल नेकपा (एमाले)कोे केन्द्रिय सल्लाहकार परिषद सदस्य हुनुहुन्छ ।
२०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा संविधान सभा सदस्यको निर्वाचनका लागि प्रत्यासी रहनुभएका शर्मा २०७९ सालको निर्वाचनमा कुश्मा नगरपालिकाको नगर प्रमुखको प्रत्यासी समेत रहनुभएको थियो ।
पर्वत जिल्लामा जातीय, लैंिगक तथा वर्गिय विभेद न्यूनिकरणका लागि सक्रिय शर्मा पर्वतको बामपन्थी आन्दोलनको अगुवा नेता समेत हुनुहुन्छ । केहि समय देखि जटिल रोगबाट पिडित शर्माको आइतबार पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारी स्थित आफ्नै निवासमा मृत्यु भएको हो । शर्माको अन्तिम संस्कार सोमबार दिउँसो मोदीवेणीधाम कुश्मा ५ मा हुने परिवार श्रोतले जनाएको छ।




