९ जेठ, पर्वत । जिल्लाको नारायण माध्यमिक विद्यालय शैक्षिक शत्रको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा विकसित हुँदै गएको छ । सदरमुकाममा रहेको सवैभन्दा पुरानो नारायण माविले शैक्षिक सुधारमा आफूलाई अब्बल सावित गर्दै बिद्यार्थी भर्नादर पनि उच्च बनाउँदै लगेको छ ।
चालु शैक्षिक शत्रमा विद्यालयमा कुल २ सय ३३ जना नयाँ भर्ना भएको विद्यालयले जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच टिका लगाएर स्वागत गरेका छन् ।
इसिडि देखि कक्षा १० सम्म जम्मा २ सय ३३ जना नयाँ भर्ना भएको विद्यालयले जनाएको छ । विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक एक थान कपि समेत हस्तान्तरण गरिएको छ । विद्यालयमा भर्ना भएर अध्ययनका लागि आउने विद्यार्थीको संख्या विद्यालयमा उच्च रहेको छ ।
विद्यार्थी भर्नादर उच्च भएपछि विद्यालयले माथिल्लो कक्षामा इन्ट्रान्स परिक्षा मार्फत भर्ना लिने गरेको छ । अंग्रेजी भाषा माध्यमबाट अध्यापन हुने विद्यालय पछिल्लो समय धौलागिरी क्षेत्रमै सवैभन्दा धेरै विद्यार्थी हुने विद्यालयको रुपमा परिचित रहेको छ ।
जिल्लाका अध्य सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंख्या बार्षिक घट्दै गईरहेको बेलामा नारायण माविले भने बर्षेनी आफूलाई अब्बल विद्यालयको रुपमा स्थापीत गर्दै लगिरहेको छ ।




