Print

प्रचण्डलाई मोदी गाउँपालिकाको स्वागत


९ जेठ, पर्वत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोदी गाउँपालिकाको कार्यालय निरिक्षण गरेका छन् । मध्यपहाडी लोकमार्गको जनतासंग सम्बाद कार्यक्रममा निस्किएका प्रचण्डले शुक्रबार पर्वतको मोदी गाउँपालिका कार्यालयको निरिक्षण गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका रहका प्रचण्डलाई गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले कार्यालयमा स्वागत गरेका थिए । कार्यालयको भ्रमणमा आएका प्रचण्डलाई कर्मचारीहरुले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

प्रचण्डले शुक्रबार नै कुश्मामा आयोजीत जनसम्बाद कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनमा वर्ततमान सरकार भ्रष्टचारको दलदलमा फसेको दावी भन्दै सरकार छिट्टै ढल्ने दावी गरेका थिए । कुश्मामा आयोजीत जनसम्बाद कार्यक्रम सकेर पोखरा जानेक्रममा प्रचण्डले मोदी गाउँपालिकाका कार्यालय निरिक्षण गरेका हुन् ।

कार्यालयको निरिक्षण पछि महिलाले नेतृत्व गरेको गाउँपालिका अरु पालिका भन्दा अब्बल हुनुपर्ने धारणा ब्यक्त गरे । उनले गाउँपालिकाका विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

दाहालसंगै गाउँपालिकामा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, माओवादी नेतृ पम्पा भुषाल लगाएतका नेताहरु सहभागी थिए ।