५ वैशाख, पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न गरेको हो । गाउँपालिकाको सभाकक्षमा सम्पन्न गाउँ सभामा अध्यक्ष परविन गुरुङले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्मको प्रगति प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष गुरुङले चालु आर्थिक बर्षको प्रगति प्रस्तुत गर्दै खानेपानी आयोजनामा सत् प्रतिशत लक्ष्य हासिल गर्ने प्रयास भईरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष गुरुङले अभिभावक शिक्षा तथा विद्यालय ब्यवस्थापन समिति, राजनैतिक दल वीच अन्तरक्रियात्मक कार्यक्रम मार्फत विद्यालयका शैक्षिक गुणस्तरमा सुधारका कामहरु भईरहेको गुरुङले उल्लेख गर्नुभएको छ । विपन्नलाई सुरक्षित आवासको सुविधा प्रदान गरिएको उल्लेख गर्दै सामाजिक कुरीतिको अन्त्य गर्ने प्रयास भईरहको चालु बर्षको प्रगतिमा अध्यक्ष गुरुङले उल्लेख गर्नुभएको छ । दलित, विपन्न, र सिमान्तकृत समुदायलाई राहत कार्यक्रम साथै चेतनामूलक कार्यक्रम, र क्षमता अभिबृद्धि कार्यक्रमहरु सञ्चालन चालु बर्षमा भईरहेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभएको छ ।
यसैगरी संसोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष मिना तिवारीले १ कारोड ४० लाख ५ हजार ६ सय ६७ रुपैंया बराबरको बजेट रकामन्तर प्रस्तुत गर्नुभएको थियो । तिवारीले स्थानीय श्रोत र साधनको परिचालन गर्दै दीगो विकासको लक्ष्य गाउँपालिकाले लिएको बताउनु भएको थियो ।
अध्यक्ष गुरुङले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र उपाध्यक्ष तिवारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमत पारित भएको छ ।
अध्यक्ष गुरुङले स्थानीय तह संस्थागत क्षमता मूल्यांकन लिजामा ७१ प्रतिशत अनुमोदनका लागि पेश गर्नुभएको थियो । अधिवेशनमा आर्थिक ऐन २०८१ समेत सर्वसहमत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी भुषालले जानकारी दिनुभयो । गाउँ सभाको १६ औं अधिवेशनले चालु आर्थिक बर्षको बजेट समिक्षा सहित आगामी कार्यक्रमहरु सञ्चालन गर्ने स्पष्ट मार्गचित्र निर्माण भएको प्रमु्ख प्रशासकीय अधिकृत भुषालले बताउनुभयो ।




