Print

लिदीखोलामा बन्यो पुल, डिमुवा–राम्जा यात्रा सहज


२६ भदौ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा नं ०६ स्थित डिमुवा– राम्जा सडक खण्डमा पर्ने लिदी खोला पुलको निर्माण कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले उक्त खोलामा पुल निर्माणको लागि निर्माण ब्यवसायीसंग सम्झौता गरेको थियो ।

निर्माण ब्यवसायीसंगको सम्झौताको १८ महिना मै पुलको निर्माण कार्य सम्पन्न भएको मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् । पुल निर्माण सम्पन्नत भएपछि डिमुवा देखि तिलाहार हुँदै राम्जा सडकको यात्रा सहज हुने भएको छ । बर्षातको समयमा लिदी खोलाको बहाव ठूलो हुँदा यात्रा कष्टकर हुने गरेको थियो । कस्तुरी कन्स्ट्रक्सन सर्भिसले पुलको निर्माण कार्य सम्पन्न गरेको हो ।

पुल निर्माण कार्य निर्धारित मिति भन्दा ७ महिना अघि नै सम्पन्न भएको छ ।

१५ मिटर लामो उक्त पुलको निर्माणका लागि निर्माण कम्पनीसंग कुल २ करोड ५३ लाख ३९ हजा ३ सय ४७ रुपैंयामा ठेक्का सम्झौता भएको थियो ।