Print

कर्मचारी मिलन केन्द्र पर्वतको अध्यक्षमा मार्कन्ड


२२ भदौ, पर्वत । कर्माचारी मिलन केन्द्र पर्वतको अध्यक्षमा मार्कन्ड बराल चयन भएका छन् । निजामति कर्मचारीहरुको शनिवार सम्पन्न भेलाले बराललाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष बराल कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका कार्यालय प्रमुख कोष नियन्त्रक हुन् ।

यस अघिका अध्यक्ष कमल पुनको जिल्ला बाहिर सरुवा भए पछि रिक्त पदमा बराललाई चयन गरिएको केन्द्रले जनाएको हो । नवनियुक्त अध्यक्ष बराललाई प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पदभार ग्रहण गराएका थिए । यस अघि केन्द्रको उपाध्यक्ष डिलकुमारी शर्मा, सविच अर्जुन शर्मा, कोषाध्यक्ष गौरबदास बैरागी र सह सचिव अशोक नेपाली रहेका छन् ।

निजामति कर्मचारीहरुको संगठन केन्द्रले निजामति कर्मचारीहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ ।