२२ भदौ, पर्वत । निजामति सेवा दिवस विविध कार्यक्रमका वीच पर्वतमा मनाइएको छ । कर्मचारी मिलन केन्द्र पर्वतले विबिध कार्यक्रमका वीच पर्वतमा निजामति कर्मचारी दिवस मनाएको हो ।
संगठनले शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको एक कार्यक्रमका वीच संगठनको दिवसको अवसरमा आयोजीत विविध कार्यक्रमको समापन गरिएको हो ।
उक्त अबसरमा निजामती कर्मचारी दिवसको अवसरमा आयोजीत ब्याडमिटन प्रतियोगीता (निजामति तथा जंगी) का विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
केन्द्रको स्थापना दिवसको अवसरमा आयोजीत ब्याडमिटन प्रतियोगीतको उपाधी जित्न सफल सुनिल थापा र मार्कन्ड प्रसाद बरालको जोडीलाई संगठनको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।
पर्वत जिल्लामा कार्यरत निजामती कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेलमा भेटेरिनरी अस्पतालमा कार्यरत सुनिल थापा र कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत मार्कन्ड प्रसाद बरालले प्रथम स्थान हासिल गरेका थिए । यसैगरीे स्वास्थ्य कार्यालयमा कार्यरत टंक बस्याल र जिल्ला अदालतमा कार्यरत राजेन्द्र भुषालको जोडीले द्धितिय स्थान हासिल गरेका थिए । दुवैलाई दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको छ ।
तेसै गरि जंगी र संस्थान तर्फ कार्यरत कर्मचारीहरु बीचको खेलाईएको ब्याडमिन्ट खेलमा गोन्थे गुरुङ र सुरेश प्रसाद पौडेलको जोडीले देशराज चौधरी र लिल बहादुरले पराजित गरि प्रथम स्थान हासिल गरेका थिए । ब्याडमिन्टन तर्फका खेलहरु पर्वत मोदीकाली ब्याडमिन्टन हलमा सम्पन्न उक्त प्रतियोगीताका जंगी तथा संस्थान तर्फका कर्मचारीले समेत पुरस्कार प्राप्त गरेका छन् । यरैगरी गरी घैटो फुटाउने कार्यक्रमका वितेता डिभिजन वन कार्यालयका कर्मचारी दिपक श्रीसलाई समेत पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा लामो समय सेवा गर्ने सरकारी वकिल कार्यालयका न्यायधिवक्ता केदारनाथ शर्मालाई सम्मान गरिएको थियो ।
दौड प्रतियोगीताका प्रथम कृष्ण नेपाली,सरोज पौडेल, तथा द्धितिय धनेश्वर खनाल र कमल चापागाई तथा म्युजिकल चेयरका विजेता निर्मला थापा तथा उप विजेता भिम बरालाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
केन्द्रका अध्यक्ष कमल पुनको अध्यक्षतामा स्म्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जन शर्मा र स्वागत काषाध्यक्ष गौरबदास वैरागीले गरेका थिए ।
विभिन्न प्रतियोगीताका विजेतहरुलाई प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुरस्कार वितरण गरेको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको थियो ।




