Print

पहिरोमा परि पर्वतको कार्किनेटामा दुई जनाको मृत्यू

२२ असार, पर्वत । गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जनाको मृत्यू भएको छ ।

मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिए ।

पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको पनि वडाध्यक्ष चोलाकान्त न्पाध्याले जानकारी दिएका छन्।