२३ असार, पर्वत । विगत केहि दिन देखिको बर्षातका कारण पर्वतका तटिय क्षेत्रहरु उच्च जोखिममा परेका छन् । पर्वत जिल्ला र देशका विभिन्न पछिल्लो हप्ता भिषण बर्षात भईरहेको छ ।
बर्षातका कारण पर्वतको फलेवास १ मा पहिरो जाँदा पहिरोले पुरिएर २ जनाको मृत्यु भइसकेको छ । प्रकोपजन्य विपदीको मारमा यस पटक पनि पहिरोसंगै तटिय क्षेत्रहरु परेका छन् । पर्वतको बिहादी १ शालिग्राम डुबानमा परेको छ ।
पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुमा सर्तकता अपनाउन आग्रह गरिए पनि जोखिमयुक्त स्थानका बासिन्दालाई अयन्त्र बसाईको प्रवन्ध मिलाउन सकिएको छैन् । खासगरी पर्वतको कालीगण्डकी नदी किनारका बासिन्दाहरु बर्षातको समयमा जोखिमयुक्त स्थान पर्दछन् । विश्वकै ठूलो दावी गरिएको शालिग्राम यति बेला नदीको डुबानमा छ । उता, वारीवेनी, मालढुगा लगाएतका बस्तीहरु समेत नदीको बहाव बढ्दै जाँदा जोखिमयुक्त स्थानमा परेका छन् ।
यता, सडक यातायात समेत प्रभावित भईरहेको छ । मध्यपहाडी लोकमार्गको तमादीखोला पटक पटक आएको बाढिले सडक अवरुद्ध हुने गरेको छ । ग्रामीण सडकहरु समेत पहिरोका कारण बन्द भईरहेका छन् ।




