Print

मध्यपहाडी लोकमार्गको कुश्मा–पोखरा सडक अवरुद्ध


२२ असार, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा देखि पोखरासम्मको सडक अवरुद्ध बनेको छ । लोकमार्गको कुश्मा ७ र कुश्मा ८ को सिमाना तमादीखोलामा लेदो सहितको बाढि आएपछि सडक अवरुद्ध बनेको हो ।

शनिवार विहान आएको बाढिले एउटा बस फसेको छ भने लेदो निरन्तर बगिरहेको पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीेले जानकारी दिएका छन् ।

अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।

अपडेट : ८.३० बिहान