२२ असार, पर्वत । निर्माण सम्पन्न भएको १६ बर्ष पछि नेपालको सवैभन्दा पहिलो अग्लो कुश्मा ज्ञादी झोलुङ्गे पुलमा सवारी साधन चलाउन रोक लगाईएको छ ।
डेढ दशक अघि निर्माण गरिएको यो पुल मर्मत हुन नसक्दा जीणर् बन्दै गएको अवस्थामा थप जोखिम निम्तिन सक्ने खतरा बढेको भन्दै मोटरसाईकल, स्कुटर लगायतका दुई पाङ्ग्रे सवारीसाधन संचालन गर्न रोक लगाईएको हो । शहरी विकास मन्त्रालय अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन पुलचोक ललितपुरको अनुरोधमा सवारीसाधन चलाउन रोक लगाईएको हो ।
?उश्रमानिसहरु पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौ मोटरसाईकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले सस्पेन्सन ब्रिज डिभिजनसँगको परामर्शपछि अर्को सुचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन संचालन गर्न पुणर् रुपमा रोक लगाएको हो । वि।सं। २०६६ सालमा निर्मित कुश्मा(ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म पनि मर्मत हुन सकेको छैन ।
तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाईको यो पुलले पर्वतको कुश्मा नगरपालिकाकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठुलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, साथै फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्माबजारसँग जोडेको छ ।
कुश्मा नगरपालिका वडा नं ५ वडागाउँदेखि कुश्मा नगरपालिका वडा नं। ९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयौैको संख्यामा मोटरसाईकल र स्कुटर संचालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपुणर् तरिकाले पुलवाट सवारी वारपार गर्दै आएका छन् । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतवारदेखि पुणर् रुपमा सवारी वारपार गर्न बन्द गरिएको हो ।
केहि दिन अघि कणरली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस भनेर पुलवाट सवारीसाधन वारपार गर्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको वैठक बसेर पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन चलाउन बन्द गरिएको उहाँले बताउनुभयो ।
सस्पेन्सन बृज डिभिजनको प्राविधिक टोली साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि उने जानकारी आएको उहाँले बताउनुभयो । डिभिजनले पत्र पठाएर कुश्मा(ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनैपनि झोलुङ्गे पुलवाट मोटरसाईल, स्कुटर जस्ता सवारी साधन चलाउन नहुने जनाएको प्रजिअ शर्माले बताउनुभयो ।
पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लठ्ठा, साईड वार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने जस्ता समस्या देखिन थालेका छन् । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको छ । यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलवाट भने दुईपाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा संचालन हुँदै आएका छन् ।




