Print

जलजलामा महिला अधिकार सम्बन्धि तालिम शुरु


२२ जेठ, पर्वत । जिल्लाका जलजला गाउँपालिकाको आयोजनामा ३ दिने महिलाको कानुनी हक, महिला अधिकार सम्बन्धि तालिमको शुरुवात भएको छ । गाउँपालिकाले लालटिन मिडिया प्रा.लिसंगको सहकार्यमा महिलाहरुको नेतृत्व तथा क्षमता विकासको लागि तालिम कार्यक्रमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले गरेका छन् । तालिममा प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्य, वडा अध्यक्ष हरीविकास जिसी, प्रशिक्षक भवानीप्रसाद शर्मा, लालटिन मिडियाका प्रवन्ध निर्देशक सुमनजंग थापा लगाएतले महिला अधिकारको विषयमा तालिमको उद्घाटन शत्रमा आफ्नो धारणा राखेका थिए ।

गाउँपालिका भित्रका अगुवा महिलाहरुका लागि सञ्चालीत उक्त तालिममा महिला अधिकारका विभिन्न विषयमा प्रशिक्षण दिइनेछ । तालिमको उदघाटन शत्रको सञ्चालन पत्रकार संगीता केसीले गरेकी थिइन् ।