२ जेठ, पर्वत । नगरपालिकाको मुकाम कुश्माबाट सवैभन्दा टाडाको टाडाको वडा हो आर्थर । मुकाम आउन २ घण्टा कच्चि सडक यात्रा गर्नुपर्छ । पटक पटक जाने विजुलीका कारण स्थानीयले हैरानी र सास्ती बेहोर्दै आइरहेका छन् । गाउँ अझै पनि खानेपानीको समस्या छ । बसाईसराईका कारण गाउँ बर्षेनी रित्तो बन्दै गइरहेको छ । गाउँको अवस्थाका बारेमा बताउदै स्थानीयले आफ्नो गाउँलाई बत्तिमुनीको अध्यारोको संज्ञा दिए ।

गण्डकी प्रदेशकै प्रसिद्ध पञ्चासे लेकको फेदीमा रहेको मनोरम गाउँ हो आर्थर । आर्थरडाँडाखर्कसंग प्राकृतिक सम्पदा प्रशस्त छ । मनोरम दृश्य मात्र होइ्न, सांस्कृतिक रुपमा पनि आर्थर धनी छ । नगरपालिकाको वडा न १४ यति बेला भने विकासको लय कुरीरहेको छ । सदरमुकाम कुश्मा बजार आउन र पोखरा जान बराबर जस्तो समय लाग्ने भएका कारण यहाँको उच्च क्षेत्रका बासिन्दाको आर्थिक कारोबार भने पोखरासंग छ ।
आर्थरबासीको गुनासो छ – ‘सडक सञ्जालले जिल्ला सदरमुकाम भन्दा पोखरासंग हामीलाई नजिक बनाएको छ ।’
कुश्मा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका बक्ताहरुले नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षसंग गुनासो सुनाए । दोविल्ला गगटे आर्थर सडकको स्तरोउन्नतीमा ढिलाई भएकोमा उनीहरुले दुःख ब्यक्त गरे । आर्थर फुलवारी सडक ढिलो गरी स्तरोउन्नती भएकोमय सन्तोष ब्यक्त गरे पनि आर्थरमा घट्दै गएको जनसंख्या प्रति भने वडाअध्यक्ष रुद्रमोहन रिमालको चिन्ता थियो । उनले गाउँमा नै मानिसलाई बस्न सक्ने गरी योजना बनाउन अझै नसकिएको धारणा ब्यक्त गरे ।
नगरप्रमुख रामचन्द्र जोशीले सहभागीहरुको चिन्तालाई सान्तवना दिदै उच्च क्षेत्रमा पाइने फलफुल, बाख्रापालन र मौरीपालन गरेर यो ठाउँमा सम्बृद्धि ल्याउन सकिने धारणा राखे । उपप्रमुख स्वस्थानी रिजालले जनतासंग जनप्रतिनिधिहरु निरन्तर जोडिनुरहँदा यहाँका समस्या आफूहरुले थापा पाउने धारणा राखिन् ।
कार्यक्रममा स्थानीयहरु कृष्णबहादुर विक, रचना कुमारी सुनार, विष्णुकमारी गुरुङ, देउमाया नेपाली, कुलप्रसाद उपाध्याय, देवी कुमारी विक, वविन विक, हिता नेपाली, कृष्ण गुरुङ, कृष्णबहादुर बाँनिया, होमनाथ रिमाल, पूर्ण गुरुङ, सुरेन्द्र हस्त बहादुर गुरुङ, सन्तोष विक, पुष्पबहादुर गुरुङ आनन्द कार्की लगाएतले आफ्नो धारणा राखेका थिए ।
जि एण्ड जि मिडियाले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष सुमन शर्माले वडाको प्रगति विवरण सार्वजनिक गरेका थिए ।




