Print

खुर्कोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

३ जेठ, पर्वत ‌। जिल्लाको कुश्मा नगरपालिका वडा न २ दुर्लुङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले वडाहरुमा जनताको गुनासो सुन्नका लागि आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत खुर्कोटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न, जिज्ञासाहरुको नगर प्रमुख रामचन्द्र जोशीले जवाफ दिएका थिए । स्थानीयले ब्यक्त गरेका सुझाबहरु नगरपालिकाले‌ जनताका आकांक्षा पुरा गर्न जनप्रतिनिधि लाइ चुनौती भएको कुरा उल्लेख गरे । उनले नगरको विकास र सम्बृद्धिमा सवैपक्षको हातेमालो हुनुपर्ने समेत धारणा राखे ।

बिदेश जाने दरलाइ रोक्न नसकिने भन्दै बिश्ब बिद्यालय खोले पनि ‌नेपालमा कोहि बस्ने मनस्थितिमा नरहेको भन्दै चिन्ता व्यक्त गरे ‌।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम, शिक्षा शाखा प्रमुख बिष्णु तिवारी वडा अध्यक्ष लालकृष्ण शर्मा, स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, कृर्षि शाखा प्रमुख सुस्मिता शर्मा लगायतले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

सहभागीहरुले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र कृषि छेत्र संग सम्बन्धित विषयहरुमा जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रश्न सोधेका थिए ।

जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीले सहजीकरण गरेको कार्यक्रमको उद्देश्य माथि योजना शाखाका टेकबहादुर परियारलेले बताएका थिए।