२१ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ११ पकुवामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले वडाहरुमा जनताको गुनासो सुन्नका लागि आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत शुक्रबार पकुवामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न, जिज्ञासाहरुको नगर प्रमुख रामचन्द्र जोशीले जवाफ दिएका थिए । स्थानीयले ब्यक्त गरेका सुझाबहरु नगरपालिकाले ग्रहण गर्ने भन्दै जोशीले बाँदर नियन्त्रण नहुँदा खेत बारी बाँझै हुने समस्या आएको बताए । उनले नगरको विकास र सम्बृद्धिमा सवैपक्षको हातेमालो हुनुपर्ने समेत धारणा राखे ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम, वडा अध्यक्ष बाबुराम पौडेल, स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, शिक्षा अधिकृत अर्जुन शर्माले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।
सहभागीहरुले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र बाँदर नियन्त्रणसंग सम्बन्धित विषयहरुमा जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रश्न सोधेका थिए ।
जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीले सहजीकरण गरेको कार्यक्रमको उद्देश्य माथि योजना शाखा प्रमुख देवी शर्माले बताएकी थिइन् ।
कार्यक्रममा स्थानीय गणेशराज पौडेल, डम्मर विक, रेवका कुमार नेपाली, राचन्द्र सुवेदी, रमेश बम मल्ल, धर्मदत्त सुवेदी लगाएतका ब्यक्तिहरुले प्रश्न, जिज्ञासा र सुझाब ब्यक्त गरेका थिए ।




