Print

गाँजाको नशामा दम्पत्ति हत्या

२१ वैशाख, पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटका दिपक दर्जी ऋण खोजेर वैदेशिक रोजगारीका लागि खाडी मुलक पुग्छन् । वैदेशिक रोजगारीका लागि स्वदेश छोडेका उनले त्यहाँ अपेक्षाकृत पैसा कमाउन नसके पछि नेपाल फर्कन्छन् । नेपाल फर्कदा उनलाई ४ लाख साहुको ऋण तिर्नुपर्ने हुन्छ ।

ऋण तिर्ने आम्दानी गर्न जीप चलाउने पेशा रोजेका दर्जीले त्यहाँबाट पनि सफलता पाउन सक्दैनन् । अन्ततः उनी लागू पदार्थ दुब्र्यसनीमा फस्छन् । ६ महिना सुधारगृहमा बसेका दर्जीको भेट जलजला २ पर्वतका कृष्णबहादुर विकसंग हुन्छ । विक पनि आर्थिक अवस्था कमजोर भएका युवा हुन् । ३२ बर्षका उनीहरुको वीचको सम्बन्ध अन्ततः आपराधिक मनोबृत्तिमा परिणत हुन्छ ।

विहिबार जिल्ला प्रहरी कार्यालय पर्वतमा दिपकसंगै उनका साथी कृष्णबहादुर विकलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख खुमलाल भुषालले भने ‘आर्थिक अवस्था कमजोर हुँदा उनीहरु गाँजा र रक्सिको कुलतमा फसेका रहेछन् । ’ १ महिने लामो अनुसन्धानमा खटेका प्रहरी प्रमुखले जलजलामा श्रीमान र श्रीमतीको हत्या गरेको आरोपमा विक र दर्जीलाई सार्वजनिक गर्दै भने ‘उनीहरुले गाँजाको नशामा लुटपाटको नियतले दम्पत्ति हत्या गरे ।’

‘विदेश जाँदाको ४ लाख ऋण रैछ’ प्रहरी प्रमुख भुषाल भन्छन् ‘दिनहुँ जसो नदी किनारमा माछा मार्ने उनीहरु गाँजा र रक्सि सेवन गर्दै गर्दा हत्याको योजना बनाएको देखिन्छ ।’

जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो ।

हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत सप्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो ।

घटनामा सग्लन्न पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले सार्वजनिक गरेको हो । दर्जी हाल पाखरा स्थित नयाँ बजारमा डेरा गरी बस्ने गरेका थिए ।

यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

हत्यामा सग्लन्न विक र दर्जीको चिनजाँन ६ महिना अघि भएको थियो । उनीहरु दुवै जीप चलाउने क्रममा चिनजान भएका साथीहरु हुन् । चैत १८ गते उनीहरु जलजला गाउँपालिकाि वडा न २ बौर बजारमा आइ भेट गरी बेनी बसपार्क पुगी नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी बौर बजार हुँदै कालीगण्डकी नदकिो किनारमा बसी खाएका थिए ।

यसरी भयो हत्या

हत्यामा सग्लन्न विक र दर्जीको चिनजाँन ६ महिना अघि भएको थियो । उनीहरु दुवै जीप चलाउने क्रममा चिनजान भएका साथीहरु हुन् । चैत १८ गते उनीहरु जलजला गाउँपालिकाि वडा न २ बौर बजारमा आइ भेट गरी बेनी बसपार्क पुगी नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी बौर बजार हुँदै कालीगण्डकी नदकिो किनारमा बसी खाएका थिए ।

दिउँसो करिब ४ बजे तिर स्थानीय राममन्दिर हूँदै उनीहरु मृतक सूर्यबहादुर घर्ति र गमला घर्तिको पसल भएको घरमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले करिब आधा घण्टा घर्ति दम्पत्तिसंग विभिन्न विषयमा कुरा खुलेको अनुसन्धानबाट खुलेको छ । उक्त समय देखि नै उनीहरुले लुटपाट गर्ने उद्देश्य बनाएको र मृतकले लगाएको गरगहना तथा घरको अवस्थाको बाहेमा उनीहरुले रेकी गरेको प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले बताए ।

सोहि दिन उनीहरु बेलुका ५।३० बजेको समयमा आरोपी कृष्णबहादुर विकको घरमा गएर सुतेका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार चैत १९ गते ओरापी दुवै जनाले कृष्णबहादुर विकको घरमा खाना खाएर हँसिया, माछा मार्ने बल्छी र आफ्ना कपडा समेत लिएर कालीगण्डकी नदी किनारमा गएका थिए । दिन भर नदी किनारमा माछा मार्न बसेका उनीहरुले माछा जालमा नपरेपछि करिब ४ बजे तिर स्थानीय तिल्किनी स्थित बजारबाट रक्सी, चुरोट चाउचाउ किनेर नदी किनारको घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो चढेका थिए । दह तर्फबाट उकाले लागेका उनीहरु बेलुका ८ बजेसम्म स्थानीय जंगलमा गाँजा, रक्सी र चाउचाउ खाएका थिए ।

पूर्ववर्त योजना बमोजीम ८।३० बजे नै उनीहरुले लुटपाटको योजना बनाएर मृतकको घर आउँदै गर्दा जंगलमा आगो निभाउन मृतक सूर्यबहादुर जिसी लगाएतका स्थानीयलाई देखेपछि उनीहरु पुनः जंगलमा नै गएर लुकेर बसेका थिए ।

जंगलमा लागेको आगो निभाउने मानिस गए पछि रातको करिब १० बजे उनीहरु मृतकको घरमा गएको अनुसन्धानले देखाएको छ । पसल समेत रहेको घरमा गएर आरोपी कृष्णबहादुर विकले चुरोट किन्ने बहानामा ‘हजुरबुवा म कृष्ण हो,’ मलाई चुरोट दिनुहोस् भन्दै बोलाएका थिए । विकसंगै गएका दिपक दर्जीले चुरोट वापतको ७० रुपैंया समेत मृतक जिसीलाई दिएको अनुसन्धानबाट पुष्टि भएको छ । चुरोट दिएपछि मृतक सूर्यबहादुरले बाहिरको बत्ती किन बलेन भनेर टाउको बाहिर निकाल्दा कृष्णबहादुरले आफूसंगै रहेको लाठी टाउकोमा प्रहार गरेका थिए । घर बाहिरकोे बत्तिको ब्लब भने विक र दर्जीले यस अघि नै निकालेका फालेका थिए ।

मृतक सूर्यबहादुरको टाउकोमा चोट प्रहार पछि हार गुहार गर्दा उनकी श्रीमती गमला जिसी घरबाट निस्कन खोजेकी थिइन् । सोहि बेलामा हत्यामा सग्लन्न दिपक दर्जीले लात्ताले बाहिरबाट मुल ढोकामा हानेर भित्र गई मृतक घर्तिलाई लात्ता तथा काठको लाठीले टाउकोमा प्रहार गरी हँसियाले घाँटी रेटी हत्या गरेका थिए ।

श्रीमतीको हत्या पछि उनीहरुले आफूसंगै लगेको सोहि हतियार टाउँको तथा घाँटीमा प्रहार गरी सूर्यबहादुरको समेत हत्या गरेका थिए । हत्या गरेपछि सुन तथा नगद लुटपाट गरेका उनीहरु घर भन्दा माथिको मोटरबाटो हुँदै भाग्न खोजेका थिए, तर जंगलमा आगो निभाउने मान्छेहरु देखेपछि पुनः मृतको घर हुँदै राम मन्दिर झरी पर्वत पट्टीको बाटो प्रयोग गरी मालढुंगा पुगेका थिए । मालुढुंगाबाट बस चढेका उनीहरु पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँड गरेका थिए ।

हत्या भएको भोलीपल्ट विहान थाहा पाए पछि प्रहरीको अनुसन्धान टोली त्यस तर्फ गएको थियो । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकर समेतको प्रयोग गरे पनि हत्यारा भने पत्ता लागेका थिएनन् ।

प्रहरीले १ महिनाको लामो अनुसन्धान पछि आरोपीहरुलाई पक्राउ गरेको छ । आरोपीहरुले लुटपाट भएको सुन पोखरा स्थित कर्णबहादु विकलाई गाल्न दिएका थिए । गालेको सुन भने उनीहरुले बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलमा परशुराम विकलाई बिक्री गरेका थिए ।

प्रहरीले सुन गाल्ने कर्णबहादुर विस र सुन खरिद गर्ने परशुराम विकलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुले झण्डै आधा तोला मात्र सुन लुटपाट गरी विक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिएका छन् ।