Print

एमालेको दशौं जिल्ला अधिवेशन : सानो उमेरमै लामिछानेको राजनैतिक छलाङ


५ वैशाख, पर्वत । एमाले पर्वतको दशौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन लगतै अध्यक्ष गोविन्द पहाडी र लेखा संयोजक मदन गुरुङले सपथ लिएर कार्यभार सम्हालीसकेका छन् । बाँकी निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण बाँकी छ ।

निर्वाचित टिम मध्ये पदाधिकारीमा उपाध्यक्ष पदमा निर्वाचित बिमल लामिछाने पदाधिकारीकै कान्छो उमेरका ब्यक्ति हुन् । यस अघि कान्छो निर्वाचित वडाअध्यक्ष बनेका लामिछाने यस अघि एमालेको जिल्ला कमिटिका उप–सचिव थिए । नवौं जिल्ला अधिवेशनमा सर्वसहमत उप–सचिव बनेका लामिछानेले दशौं अधिवेशनमा भने उपाध्यक्ष पदका अर्का प्रत्यासी मिनप्रसाद श्रेष्ठलाई फराकिलो मतले पछाडी पार्दै जिल्ला उपाध्यक्ष बनेका छन् ।

उमेरले ३३ बर्षका लामिछाने मोदी गाउँपालिकाका उपाध्यक्ष समेत हुन् । दोस्रो पटक जनप्रतिनिधिको भूमिका रहेका लामिछाने युवासंघको राजनीति हुँदै पाटी राजनीतिमा प्रवेश गरेका थिए । पाटी भित्र उमेरले पाका नेताहरुका वीचमा देशकै कान्छो जिल्ला उपाध्यक्ष बन्ने अवसर लामिछानेले एमाले भित्र प्राप्त गरेका छन् ।

जिल्लाको मोदी गाउँपालिका वडा नं ६ तिलाहार घर भएका लामिछानेले राजनीतिमा युवाहरुको खाँचोलाई परिपूर्ति गरेका छन् ।
दशौं जिल्ला अधिवेशनका सचिवमा निर्वाचित सुवासचन्द्र पौडेल समेत युवाकै प्रतिनिधि पात्र हुन् । युवा समूहकै प्रतिनिधित्व गर्ने जिल्ला अध्यक्ष गोविन्द पहाडीको नेतृत्वमा रहेको टिममा अधिकांश युवाहरुको नेतृत्व देखिन्छ ।

दशौं जिल्ला अधिवेशनमा मतविभाजन मार्फत एमालेले नेतृत्व चयन गरेको छ । ८५ सदस्यीय जिल्ला कमिटिमा १५ प्रतिशत भन्दा बढि युवाहरुको कोटा सुनिश्चित गरिएको छ । दशौं जिल्ला अधिवेशनले महिला तर्फको उप–सचिवमा युवा नेतृ विन्दु अधिकारीलाई निर्वाचित गरेको छ भने खुल्ला तर्फ चण्डि भुर्तेल उप–सचिवमा निर्वाचित भएका छन् ।

एमालेले नबौं जिल्ला अधिवेशन सर्वसहमत नेतृत्व चयन गरे पनि दशौं अधिवेशनमा भने मत विभाजनको प्रक्रिया अबम्बन गरेको हो । ८५ जिल्ला कार्य समितिमा ३७ पदमा मात्र निर्वाचन भएको थियो । बाँकी पदमा भने सहमती जुटेको थियो ।