५ वैशाख, पर्वत । जलजलामा दम्पत्ति हत्या भएको १७ दिन वित्दा पनि अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । गत बर्षको चैत १९ गते रातीको समयमा मृत अवस्थामा भेटिएका दम्पत्तिको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको थियो ।
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको हो । हत्या भएको पुष्टि भएर प्रहरीले अनुसन्धत्रान गरीरहे पनि अझै सम्म पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन् ।
घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए । हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख खुमलाल भुषालले सिआइविको टोली पनि अनुन्धानका लागि पर्वत आइपुगेको जानकारी दिए । उनले सुरक्षा निकायका सवै अंगहरुले घटनास्थल वरपर अनुसन्धान जारी राखेको बताए । ‘हामीले शुक्ष्म अनुसन्धान गरीरहेका छौं, नजिता केहि दिनमा आउँला’ प्रहरी प्रमुख भुषालले भने –‘हत्याराले प्रमाण नछाडेको भएर अनुसन्धानमा समस्या भएको छ ।’

अनुसन्धानका लागि यस अघि प्रहरी प्रदेश कार्यालयबाट तालिमप्राप्त कुकुर समेतको प्रयोग गरिएको थियो । हत्यामा प्रयोग गरिएको हँसिया सोहि दिन नजिककैको जंगलमा फेला परे पनि हत्यारा भने अझै पनि फेला परेको छैन् ।
सामाजिक रुपमा सवैको प्रिय बनेका जिसी दम्पत्तिको यस अघि ठूलो रिसिबी कोहिसंग पनि भएको अनुसन्धानमा देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । हत्यामा प्रोफेसनल ब्यक्ति नै सहभागी भएको हुनसक्ने अनुसन्धानमा देखिएको ति अधिकृतको भनाई छ ।
अनुसन्धानको क्रममा केहि मानिसलाई सोधपुछ गरे पनि यथेष्ट प्रमाण उपलब्ध नभएका कारण अनुसन्धान कार्य जारी रहेको अनुसन्धानमा संग्लन्न अधिकृतहरुको भनाई छ । जिसी दम्पत्तिले केहि दिन अघि देखि पोखरामा घडेरी किन्नका लागि रकमको जोहो गर्दै हिडेको विषय सार्वजनिक भएपछि अनुसन्धान त्यसतर्फ पनि केन्द्रित छ । तर निश्कर्ष अझै निश्कन सकेको छैन् । दम्पत्तिले लगाएका सुनका गरगहना समेत लुटपाट भएका कारण हत्याको कारण लुटपाट भएको हुनसक्ने प्रहरीले प्रारम्भिक निश्कर्ष छ ।





