काठमाडौं ।
चीन र नेपालका बिचमा हुन लागेको संयुक्त सैनिक अभ्यासको अन्तिम तैयारी गर्न भन्दै चीनको सैनिक टोली सुटुक्क नेपाल आएपछि भारतीय दूतावास र दिल्ली एक्कैपटक हर्कतमा आएका छन् ।
चिनियाँ बिषयमा पहिले देखि निकै शंसकित रहदै आएको भारत यतिखेर तनाबमा रहेको छ । दूतावासका सुराकीहरु सुराक दिनमा दौडादौड खटिएको दृश्य खेख्न लायक रहेको छ ।
चीनले मेजर जनरलको नेतृत्वमा शुक्रवार टोली पठाएको हो, टोलीले नेपाली सेनासँग गोप्य बैठक सम्पन्न गरिसकेको छ ।
यो भ्रमणको एजेन्डा बारे परराष्ट्र, रक्षा र सैनिक हेडक्वाटरका समेत सीमित अधिकारीहरुलाईमात्र थाहा दिए पनि दूतावासमा शुक्रवार रातिदेखि नै रिपोर्टिङ भएको जानकारहरु बताउँछन् ।
सेना सूत्र भन्छ यो नियमित भ्रमण हो, नयाँ केही पनि होइन । पहिले कर्णेल स्तरमा आएको टोलीले अभ्यासको खाका तैयार गरेको थियो, यसपटक जर्नेल नै आएका हुन् ।





प्रतिकृया दिनुहोस्