२१ मंसिर, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । बुधवार एक कार्यक्रमका वीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले प्रतियोगीताको शुरुवात गरेका हुन् ।
मोदी गाउँपालिकाको तिलाहारमा आयोजना गरिएको प्रतियोगीतामा छ दिनसम्म चल्नेछ । रनिङ शिल्डका लागि भने विद्यालयहरुले सहभागीता जनाउनेछन् ।
अध्यक्ष कप प्रतियोगीतामा गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा महिला भलिबल खेलको आयोजना गरिएको छ । यसैगरी कार्यक्रममा रतौली र भजन प्रतियोजीता समेतको आयोजना गरिएको छ ।
आगामी मंसीर २० गते देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको सवै खर्च रकम गाउँपालिकाले ब्यवस्थापन गर्दै आइरहेको छ ।




