Print

घरमै पुगेर अपाङ्गता परिचयपत्र


२७ असोज, पर्वत । ईलाका प्रशासन कार्यालय हुवास पर्वतले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको छ । हिँडडुल गर्न नसक्ने व्यक्तिलाई ईलाका प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिएको हो ।

?उश्रनागरिकता लिन योग्य उमेर पुगेका तर, अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिला बल्लभ काफ्लेले जानकारी दिए ।

?उश्रईलाका प्रशासनसम्म आउन नसक्ने पूर्ण अपाङ्गता भएका पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकका नविन दर्जीलाई ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिला बल्लभ काफ्ले, पैयूँ गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निर्भीक नारायण भुर्तेल र कर्मचारी नीर बहादुर राना घरमै पुगेर नागरिकता दिएका हुन् ।