Print

पर्वतका ७ पालिकाका कर्मचारी आन्दोलनमा

२७ असोज, पर्वत । जिल्लाका ७ वटै पालिकाका स्थानीय तहका कर्मचारीहरुले आन्दोलन गरेका छन् । नगरपालिका तथा गाउँपालिकाहरुमा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका हुन । यो साता शुरु भएदेखि नै कर्मचारीहरु पेन डाउन गरी नगरपालिका र गाउँपालिकाहरुमामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् ।

कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागी कर्मचारीहरुले देश सङ्घीयतामा गएको आठ वर्ष बितिसक्दा पनि कर्मचारीको सन्दर्भमा सङ्घीयताको ढाँचामा ऐन नआएकाले आन्दोलन गरेको बताए। उनीहरुले सञ्चारमाध्यममा आएका ड्राफ्ट हेर्दा स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गरेको बताए ।

जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयू गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकाका कर्मचारीहरु अहिले आन्दोलीत बनेका छन् । देश भरका पालिकाकाहरुका कर्मचारीहरुले आन्दोलन गरी सरकारलाई दबाब दिइरहेका छन् । कार्यालयमा ब्यानर टाँस गरी पेन डाउन गरेर कर्मचारीहरुले आन्दोलन गरीरहेका छन् ।