Print

कुश्माको साउने बगरमा ‘एड्भेन्चर रिर्सोट’


२६ असोज, पर्वत । हार्नेस जीपलाईन सञ्चालनमा ल्याएको ब्यवसायीक समूहले पर्वतको कुश्मा नगरपालिका वडा न ४ को साउनेबगरमा एड्भेन्चर रिर्सोट तयार भएको छ । यहि घटस्थापना देखि सञ्चालनमा आउने रिर्सोटको निर्माण कार्य अन्तिम चरणमा पुगेको रिर्सोटका सञ्चालक सुनिल सिंह बाँनियाले जानकारी दिए । साहसिक खेलप्रेमीहरुका लागि खेलसंगै आवासीय सुविधा उपलब्ध गराउनका लागि कम्पनीले रिर्सोट सञ्चालनमा ल्याउनमा लागेको कम्पनीका सञ्चालक बाँनियाले बताउँछन् ।

कालीगण्डकी नदी किनारमा निर्माणधिन उक्त रिर्सोट १५ करोडको लगानीमा निर्माण भएको हो । साउना बाथ सहितको उच्चस्तरीय सुविधा सहित सञ्चालनमा ल्याउन लागेको रिर्सोटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सभा हल, आवासीय सुविधा, रेष्टुरेष्ट, स्वीमिङ पुल, उद्यानशाला सहित निर्माण भईरहेको रिर्सोटमा हरित वातावरण तयार हुने बाँनिया बताउँछन् । डिलक्स र स्वीट रुमहरु सहित सामूहिक आवास गृह समेतको निर्माण गरी आगन्तुकहरुलाई सहज पारिवारिक वातावरण प्रदान गर्ने रिर्सोटको लक्ष्य रहेको बानियाँको भनाई छ ।

कालीगण्डकी नदी धार्मिक र ऐतिहासिक नदी भएकाले नदी किनारमा निर्माण भईरहेको रिर्सोटको मनमोहक प्राकृतिक वातावरणका वीचमा आगन्तुकहरुलाई सेवा प्रदान गर्ने रिर्सोटको तयारी छ ।

कुश्मा नगरपालिका वडा न ५ स्थित हार्नेस जीपलाईनबाट जीपलाईन मार्फत पुग्न सकिने र कालीगण्डकी करिडोरको अर्मादी मोदीवेणी खण्डबाट सवारी साधनमा पुग्न सकिने उक्त रिर्सोट कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि भने मुक्तिनाथ पुग्ने यात्रुहरु लक्षित गरिएको छ ।

एकान्त, शान्त र मनोरम वातावरणमा आवासीय सुविधा लिन चाहने आन्तरीक र बाह्य पर्यटकहरुका लागि रिर्सोट उपयुक्त गन्तब्य भएको कम्पनीका सञ्चालक बाँनिया बताउँछन् । रिर्सोटले जीपलाईनको सुविधासंगै कालीगण्डकी नदीमा ¥याफटिङ, नदी छेउमा भलिबल खेल तथा जैविक वन्यजन्तु, जलचरहरुको दृश्यावलोकन, स्थानीय उत्पादनहरुको खरिदको सुविधा समेत उपलब्ध गराउनेछ ।